१९ फाल्गुन २०८१, सोमबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

नयाँ सरकार गठनका लागि जुरमुराउँदै काँग्रेस



अ+ अ-

काठमाडौं । प्रमुख विपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नयाँ सरकार गठनको लागि आवश्यक पहल थालेका छन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देउवालाई नयाँ सरकार गठनको नेतृत्व गर्न आग्रह गर्दै आइरहेका छन् । तर, देउवाले भने नयाँ सरकार गठनका लागि आवश्यक पर्ने संख्या नपुग्ने भन्दै खासै पहल थालेका थिएनन् । तर, देउवाले बिहीबारदेखि नयाँ सरकार गठनको कसरत थालेका हुन् । सोही कसरस्वरूप देउवाले शुक्रबार तीन दलको बैठक बोलाएका छन् ।

कांग्रेसले यसअघि नै आवश्यक परे नयाँ सरकार गठनको पहल गर्ने निर्णय गरेको थियो । कांग्रेस सभापति देउवाले माओवादी केन्द्र र जनता समाजवादी पार्टीका नेताहरूलाई बैठकका लागि बोलाएका हुन् । माओवादी अध्यक्ष दाहाल देउवासँग छलफलकै लागि बिहीबारै सुर्खेतबाट हतारहतार काठमाडौं आएका छन् ।

माओवादीले ओलीलाई हटाउने वा नहटाउनेबारे प्रस्ट निर्णय दिन देउवा र महन्थ ठाकुरलाई आग्रह गरेको छ । देउवा भने ओलीको विपक्षमा संसद्मा बहुमत पुग्ने ग्यारेन्टी नभएसम्म अघि बढ्न चाहेका छैनन् । वर्तमान सरकारलाई समर्थन गर्ने वा नगर्ने भन्ने विषयमा जसपाभित्र स्पष्ट रूपमा दुई धार देखिएको छ ।

केन्द्रीय समितिको शुक्रबार बस्ने बैठक स्थगित गरेका कांग्रेस सभापति देउवाले सरकार गठनका विकल्पबारे छलफल गर्ने उनी निकट स्रोतले जानकारी दिएको छ । राजधानी दैनिकमा समाचार छ ।