२४ चैत्र २०८१, सोमबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

पाकिस्तान क्रिकेटको कप्तानी छोड्दै बाबरले भने – कठिन निर्णय तर सही समय



अ+ अ-

एजेन्सी । पाकिस्तान क्रिकेट टीमको कप्तान बाबर आजमले कप्तानी छोड्ने घोषणा गरेका छन् । बुधबार एक विज्ञप्ति जारी गर्दै उनले सबै फर्म्याटको क्रिकेटबाट कप्तान पद छोड्ने निर्णय लिएका हुन् ।

सन् २०१९ देखि कप्तानी गरेका बाबरले पाकिस्तानी टोलीलाई क्रिकेटको विश्व वरीयताको शीर्षस्थानमा समेत पुर्याएका थिए । तर जारी विश्वकपको सेमिफाइनलमा पुग्न असफल भएपछि चर्को अलोचना खेपेका बाबरले कप्तान पद छोड्ने निर्णय लिएका हुन् । उनले व्यक्तिगत रुपमा ३० को औसतमा ९ खेलमा ३ सय २० रन जोडेका थिए ।

बाबरले आफ्नो यात्रामा पाकिस्तानका क्रिकेट समर्थकलाई धन्यवाद दिँदै भनेका छन्, ‘मलाई सन् २०१९ मा पाकिस्तान क्रिकेट बोर्डले कप्तानको जिम्मेवारी सुम्पिएको याद छ । पछिल्लो ४ वर्षमा मैले मैदान भित्र र बाहिर धेरै उतारचढावको सामना गरेको छु । म हरेक पल पाकिस्तानको गौरव बढाउन तत्पर रहें । पाकिस्तानलाई विश्वको नम्बर १ टोली बनाउन खेलाडी, प्रशिक्षक र व्यवस्थापक सबैको संयुक्त भूमिकाले सम्भव भएको थियो । म यो यात्रामा पाकिस्तानका क्रिकेट समर्थकलाई धन्यवाद दिन चाहन्छु ।’

आगामि कप्तानलाई आफ्नो अनुभव र लगावले साथ दिने बताउदै उनले थपे ,‘म आज पाकिस्तानको सबै फर्म्याटबाट कप्तान पद छोडेको घोषणा गर्न चाहन्छु । यो कठिन निर्णय थियो तर यो समय सही भन्ने मेरो बुझाइ छ । म खेलाडीको भूमिकामा पाकिस्तानबाट सबै फर्म्याटमा खेल्नेछु । म अब आउने कप्तानलाई आफ्नो अनुभव र लगावले साथ दिनेछु । म पाकिस्तान क्रिकेट बोर्डलाई म प्रति देखाएको विश्वासको लागि धन्यवाद दिन चाहन्छु ।’