२० माघ २०८१, आईतवार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

रास्वपाले जनगुनासो सुन्न मंसिर २ देखि ४ गतेसम्म घरदैलो गर्ने



अ+ अ-

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले घरदैलो कार्यक्रम गर्ने भएको छ ।

प्रदेश र संघीय निर्वाचन सकिएको एक वर्ष पुगेको अवसरमा जनताका गुनासो र सुझाव सुन्न मंसिर २ देखि ४ गतेसम्म घरदैलो कार्यक्रम गर्न लागिएको रास्वपाका महामन्त्री मुकुल ढकालले बताए । उनले भने, ‘निर्वाचन सकिएको एक वर्ष भएको छ । जनताका सुझाव सुन्न जान लागेका हौं । तपाईहरुसँगै छौ भन्न जान लागेका हौं ।’

यस्तै, रास्वपाले मंसिर ११ देखि १३ सम्म महोत्तरीको जलेश्वरमा केन्द्रीय र संसदीय दलको बैठक बस्न लागेको महामन्त्री ढकालले जानकारी दिए । उक्त बैठकमा अधिवेशनको प्रक्रिया र विधि माथि छलफल हुने उनले बताए ।