
काठमाडौं । चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) का तिब्बत स्वायत्त क्षेत्रका सचिव वाङ छुङछेङले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गर्नुभएको छ ।
बिहिबार बालुवाटार पुगेर सचिव वाङ छुङछेङ लगायतको टोलीले प्रधानमन्त्री प्रचण्डसँग भेटवार्ता गर्नुभएको हो ।
भेटमा दुई देशबीचको आपसी सहकार्य र हितका बारेमा छलफल भएको बताइएको छ ।