६ बैशाख २०८२, शनिबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

उपचाररत भूकम्पका घाइते डिस्चार्ज हुँदै



अ+ अ-

नेपालगञ्ज । भूकम्पमा परी घाइते भएर भेरी अस्पताल नेपालगञ्जमा उपचार गराइरहेका केही बिरामी निको भएर घर जान थालेका छन् ।

जाजरकोटका तीन जना डिस्चार्ज भएका जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्र बाँकेका फोकल पसर्न नरेश श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार उपचाररत एकजनाको अवस्था चिन्ताजनक रहेकाले थप उपचारका लागि शिक्षण अस्पताल काठमाडौँ पठाउन थालिएको छ ।

निको भएर घर फर्केका बिरामी तथा कुरुवालाई यातायातको प्रबन्ध गरिएको जानकारी दिँदै श्रेष्ठले आपतकालीन कार्यसञ्चालन केन्द्रले उनीहरुलाई चामल २५ केजी, दाल पाँच केजी, तेल दुई लिटर, कम्बल सेट एक र त्रिपाल एक थान प्रदान गरेको छ ।

अस्पताल अहिलेसम्म भूकम्पमा परी घाइते भएकाको सङ्ख्या ४९ पुगेको श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार अस्पतालमा पाँच वर्षमुनिदेखि ६० वर्षमाथिसम्मका जाजरकोट, रुुकमपश्चिम र सल्यानका घायतेको उपचार भइरहेको छ ।

अस्पतालमा उपचार गराइरहेका अधिकांश बिरामीको हाडर्जोर्नीसम्बन्धी समस्या देखिएकाले उपचारका लागि विशेषज्ञ चिकित्सकलाई परिचालन गरिएको केन्द्रले जनाएको छ । अर्थोपेडिक सर्जन डा प्रकाश थापा, डा लक्ष्मण सिग्देललगायत चिकित्सकले घाइतेहरुको उपचार गरिरहनुभएको फोकल पसर्न श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार अधिकाशं बिरामीको हाडर्जोर्नी भाँचिएको, चर्किएको तथा टुटेको छ । अहिलेसम्म भूकम्पमा परी घाइते भएका १० जनाको सफल शल्यक्रिया भएको छ ।

अस्पतालको सघन उपचार कक्ष तथा उपचार कक्ष बाहिर बिहान, दिउँसो र राति दुईरदुईजना स्वंयसेवक रहने गरी सहायता तथा सहजीकरण कक्ष सञ्चालन गरिएको फोकल पर्सन श्रेष्ठले बताउनुभयो । जाजरकोटलाई केन्द्रविन्दु बनाएर शुक्रबार राति गएको भूकम्पका कारण ठूलो जनधनको क्षति भएको छ । रासस