१९ बैशाख २०८२, शुक्रबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

अब हाम्रो ध्यान ट्वान्टी–२० विश्वकपतर्फ हुनेछ – प्रशिक्षक देसाई



अ+ अ-

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक मोन्टी देसाईले यो वर्ष नेपाली क्रिकेटका लागि धेरै राम्रो भएको उल्लेख गर्दै अब आइसिसी ट्वान्टी–२० विश्वकपतर्फ ध्यान रहेको बताएका छन् ।

ओमानसँगको फाइनलमा हारपछि उनले यो हारबाट हतोत्साहित हुनुपर्ने अवस्था नरहेको उल्लेख गर्दै समग्रमा यो वर्ष नेपाली खेलाडीले धेरै राम्रो गरेको धारणा राखे । एउटा फाइनल हेरेर मात्र हुँदैन समग्रमा यो वर्ष खेलाडीले धेरै मेहनत गरेको उनको धारणा छ । मोन्टीले ब्याटिङमा राम्रो गरे पनि बलिङततर्फ पावरप्लेमा केही गल्ती भएको बताए । खेल टाइ भएपछि सुपर ओभरमा धकेलिएको थियो । तर, सुपर ओभरमा नेपालले राम्रो गर्न नसक्दा हार ब्यहोर्यो ।

उनले ट्वान्टी–२० को राम्रो बलरका रूपमा अविनाश बोहोरालाई नै सुपर ओभरमा प्रयोग गरिएको उल्लेख गर्नुभयो । यद्यपि, आज उनले दबाब राम्रोसँग नसकेको बताए । ओमानका बलर बिलाल खानले पनि आफ्नो योजनाअनुसार गर्न सक्दा सुपर ओभरमा हार सामना भएको पनि धारणा राखे । तर, समग्रमा भने यस प्रतियोगितामा नेपालले राम्रो गरेको उनको भनाइ छ ।

विवेक यादव जस्तो खेलाडी अगाडि आउनु पनि सुखद् पक्ष रहेको प्रशिक्षक मोन्टीको बुझाई छ । स—साना बच्चाहरू क्रिकेट हेर्न आउनु भनेको नेपालका लागि सुखद पक्ष रहेको पनि प्रशिक्षक मोन्टीले बताए । हारको संघारमा पुगिसकेको अवस्थामा समर्थकको साथप्रति पनि उनको प्रंशसा गरे ।

नेपालका कप्तान रोहित पौडेलले फाइनलको नतिजा आफ्नो पक्षमा नआए पनि यो प्रतियोगिताबाट धेरै सकरात्मक नतिजाहरू प्राप्त भएको उल्लेख गरे । अब विश्वकप आउन ५÷६ महिनाको समय रहेको र यसबीच शृंखलाहरू व्यवस्थापन गर्दै राम्रो तयारी गर्नुपर्ने रोहितले बताए ।