२० फाल्गुन २०८१, मंगलवार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

अर्थतन्त्र सुधार गर्न सर्वसाधारणको विश्वास बढाउन आवश्यक छः अध्यक्ष ढकाल



अ+ अ-

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले अर्थतन्त्र सुधार गर्न सर्वसाधारणको विश्वास बढाउन आवश्यक रहेको बताउनुभएको छ ।

शनिवार नेपाल आर्थिक पत्रकार संघको १५ औं वार्षिकोत्सवमा बोल्दै अध्यक्ष ढकालले यस्तो बताउनु भयो । उहाँले अर्थतन्त्रमा देखिएका समस्या समाधान गर्न परम्परागत रुपमा भन्दा पनि सबै पक्षहरुलाई एकै ठाउँमा राखेर सबैको धारणा बनाउनु आवश्यक रहेको बताउनु भयो । उहाँले पछिल्लो समय समय विदेशी मुद्रा सञ्चिति,पर्यटनमा वृद्धि, बैंकमा तरलता सहजता भएको अवस्था छ । पछिल्लो विभिन्न तथ्याङ्कले अर्थतन्त्रमा सुधार हुँदा अर्थतन्त्रको सूचकहरूमा सुधार हुँदै गएकाले बताउनु भयो ।

उहाँले यसले अर्थतन्त्र पूर्ण चलायमान बनाउन विश्वास बढाउने बताउनु भयो । उहाँले अर्थतन्त्रमा देखिएका समस्याका कारण सर्वसाधारणहरू लगानी गर्न डराइरहेको भन्दै सबै निकायहरुको साझा एजेण्डा अर्थतन्त्र सुधार गर्ने भएमा भने मुलुकले खोजेको अर्थतन्त्र चलायमान हुने बताउनु भयो । उहाँले अहिले एक आपसमा आरोपप्रत्यारोप गर्नेभन्दा पनि कहाँ–कहाँ कसरी बढ्न सकिन्छ भने बहस गरी अगाडि बढ्न आवश्यक रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो,‘वर्तमान अर्थतन्त्रमा देखिएका समस्या समाधान गर्न परम्परागत रुपमा भन्दा पनि सबै पक्षहरुलाई एकै ठाउँमा राखेर सबैको धारणा बनाउनुपर्छ । पछिल्लो समय विदेशी मुद्रा सञ्चिति,पर्यटनमा वृद्धि, बैंकमा तरलता सहजता भएको अवस्था छ । पछिल्लो विभिन्न तथ्याङ्कले अर्थतन्त्रमा सुधार हुँदै गएको छ ।

बैंक तथा वित्तीय संस्थाहरूमा तरलता अभाव छैन । अब भनेको सर्वसाधारणलाई कन्फिडेन्स विकास गर्न आवश्यक छ । यसको लागि सबै सरोकारवाला निकायहरुको साझा एजेण्डा भयो भने मुलुकले खोजेको अर्थतन्त्र चलायमान हुन्छ । अहिलेको अवस्था एकले अर्कोलाई दोस दिएर भन्दा पनि सकारात्मक रुपमा सूचना प्रवाह गर्न आवश्यक छ ।’

त्यस्तै,नेपाल उद्योग परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले मुलुकको अर्थतन्त्र बलियो बन्नको लागि कानून,नीति हुनुपर्ने बताउनु भयो । उहाँले मुलुकको अर्थतन्त्रको वर्तमान अवस्था अफ्ठ्यारो अवस्थामा रहेको बताउनु भयो ।

नेपाल आर्थिक पत्रकार संघ (नाफिज)को १५ औं वार्षिकोत्सवको अवसरमा ३ पत्रकार र प्लानिङ २.० नामक जर्नल विमोचन गरिएको छ । १ लाख रासीको पुरस्कार रातोपाटीका प्रयास श्रेष्ठले पाएका छन । सिबिफिन बैंकिङ पत्रकारिकता पुरस्कार केटिएम भ्वाइसका रोयल आचार्य र सिबिफिन आर्थिक पुरस्कार विकासन्यूजका सन्तोष रोकायलाई प्रदान गरिएको छ ।