
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले जाजरकोटका सबै सदस्यहरूलाई उद्धाररराहत कार्यमा सक्रियताकासाथ संलग्न हुन पनि आग्रह गर्नुभएको छ ।
अध्यक्ष लामिछानेले भूकम्पले ठूलो क्षति भएकोमा अत्यन्त मर्माहत भएको जनाउदै ज्यान गुमाउनेहरूप्रति हार्दिक श्रद्धान्जली र घाइतेहरूको शीघ्र उपचार र स्वास्थ्यलाभको कामना गर्नुभएको छ ।
उहाँले विपद्को यो घडीमा सरकारलाई सम्पूर्ण साधनश्रोत परिचालन गरेर उद्धार तथा राहतमा केन्द्रित हुन आग्रह समेत गर्नुभएको ।