२२ माघ २०८१, मंगलवार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

संक्रमणकालीन न्याय टुंग्याउने विषयमा शिर्ष नेताको छलफल सकारात्मक छ: सांसद पुन



अ+ अ-

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का सांसद वर्षमान पुनले संक्रमणकालीन न्यायसँग सम्बन्धित कामहरु टुंग्याउन सबै राजनीतिक दलहरु मिल्नुपर्ने बताउनुभएको छ ।

बिहीवारको प्रतिनिधि सभाको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउन शिर्ष तहमा एक किसिमको सकारात्मक छलफल भएको बताउनु भयो । उहाँले अन्तर्राष्ट्रिय समर्थन रहने उद्घोष भएकाले सरकार पक्ष, प्रमुख प्रतिपक्ष, प्रतिपक्ष सबै एकै ठाउँ आएको बताउनु भयो । उहाँले संक्रमणकालीन न्यायसँग सम्बन्धित कामहरु पीडितमैत्री बनाइ टुंग्याउनुपर्ने बताउनु भयो । उहाँले सबै राजनीतिक दलहरुले सहकार्य गरेर अघि बढे पीडितहरुलाई न्याय दिएर संक्रमणकालीन न्याय टुंग्याउन सकिने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘शान्ति प्रक्रियाका बाँकी काम संक्रमणकालीन न्यायसँग सम्बन्धित काममा हामी अलिकति अघि बढेका छौँ । त्यसमा अन्तर्राष्ट्रिय समर्थन रहने जो उद्घोष भएको छ । त्यसमा सरकार पक्ष, प्रमुख प्रतिपक्ष, प्रतिपक्ष सबै नै एक ठाउँ नजिक आउँदै गरेका छाँै । यद्यपी विधेयक अहिले पनि समितिमा छ । त्यसमा सहमतिको प्रयत्न भएको छ । सहमति किन बन्न सकेन भन्ने सबैलाई थाहा छ ।’

‘पीडितमैत्री बनाउनुपर्छ । भन्ने सबैलाई थाहा छ । द्वन्द्वरत पार्टीहरु सबै बसेका छौँ, सबै सँगै चुनाव लडेका छौँ । पार्टी एकता पनि गरेका छौँ । तर पीडितहरु आज पनि प्रश्न छ ? सबै एउटै बसेर एकले अर्कोलाई मान्ने तर पीडितले किन न्याय नपाउने भन्ने छ ? यो सबैलाई प्रश्न हो, दल विशेषलाई मात्रै होइन । यसमा सबैले सहकार्य गरेर पनि जानुपर्छ । हिजोसम्म नेताहरुबीचमा भएका छलफलले सकारात्मक सन्देश गरेको छ । हामी मिलेर जानेमा नै छौँ । सबै मिलेर जाने सहमति गर्नुपर्छ । सत्ता पक्ष र सरकारले त्यसमा प्रयत्न गर्नुपर्छ ।’

उहाँले सरकारले अर्थतन्त्र चलायमान बनाउन थप पहल गर्नुपर्ने आवश्यकता रहेको बताउनु भयो ।