१८ फाल्गुन २०८१, आईतवार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

ओली पक्षको निष्कर्षः नेपाल समूहसँग एकताको सम्भावना सकियो



अ+ अ-

काठमाडौं । एमाले संस्थापन पक्षलाई चुनौती दिँदै समानान्तर समिति गठन गरिरहेको झलनाथ खनाल–माधवकुमार नेपाल समूहसँग एकताको सम्भावना करिबकरिब सकिएको अध्यक्ष केपी ओली पक्षले जनाएको छ। पार्टीभित्र आन्तरिक संघर्षमा जुटेको खनाल–नेपाल पक्षका पछिल्ला अभिव्यक्ति र गतिविधिले गर्दा एकता कायम राख्नुको औचित्य नभएको र त्यसको सम्भावना पनि टरेको निष्कर्ष ओली समूहले निकालेको छ।

‘माधव नेपालले पछिल्लो समयमा जुन अभिव्यक्ति दिनुभएको छ, त्यसले पार्टी एकता कायम रहन्छ भन्ने सोच्न पनि सकिन्न, उहाँकै कारण हजारौं नेता कार्यकर्ताको राजनीतिक भविष्य अन्योलमा पर्दैछ’, ओली पक्षका एक प्रभावशाली नेताले भने। उनका अनुसार पार्टी एकताको पक्षमा धेरै काम गरिए पनि नेपाल पक्षका नेताले पछिल्ला दिनमा जेजस्ता गतिविधि गरेका छन्, त्यो विल्कुलै पार्टी हितविपरीत भएकाले अध्यक्ष ओलीले आन्तरिक छलफलमा सहकार्य असम्भव जस्तै रहेको बताउन थालेका छन्। यसबाट एमाले मिलाउनुपर्छ भनेर लागेका दुवै पक्षका सम्पर्क सूत्र पनि निराश भएका छन्। ‘

'माधव नेपाल र केपी शर्मा ओली मिलेमा कम्युनिस्ट आन्दोलनले एउटा उचाइ लिन्छ, त्यसका लागि पहिलो चरणमा एमाले एकताबद्ध हुनु आवश्यक छ’, बालुवाटार र कोटेश्वरबीच सम्पर्क सूत्रको काम गरिरहेका एक नेताले भने। एकताका लागि गरिएका कोसिस असफल हुँदै गएपछि दुवैतिरका सम्पर्क सूत्र दुई७लमबकजसतीन दिनयता निराश देखिएका छन्। नेपाल पक्षले समानान्तर कमिटी बनाउन थालेपछि उनी पक्षका र ओली पक्षका अत्यन्त विश्वासपात्रको रूपमा रहेका नेताहरूले दुवैतिर सम्पर्क सूत्रको काम गर्दै आएका थिए। नागरिक दैनिकमा समाचार छ ।