काठमाडौं।गर्मी सुरु भएपछि शरीरमा धेरै प्रकारका परिवर्तनहरु देखिन थाल्छन् । वातावरणको तापक्रम बढ्न थालेपछि यसले मानिसलाई प्रत्यक्ष असर पार्दछ । यसबेला कीटाणु पनि त्यतिकै सक्रिय हुने भएकाले संक्रामक रोगहरु फैलिने सम्भावना पनि त्यतिकै रहन्छ ।
गर्मीमा लाग्न सक्ने केही रोग यसप्रकार छन् :
१) डिहाइड्रेसन : डिहाइड्रेसनले गर्दा मुख सुक्ने, थकान, प्यास, पिसाब कम, टाउको दुख्ने, कब्जियत र रिँगटा लाग्नेसम्म हुनसक्छ। यसबाट बच्न पर्याप्त पानी, कागतीपानी, नरिवलपानी पिउनुपर्छ।
२) घमौरा : जिउ चिलाउने र डाबर देखिन्छ। यसबाट बच्न सूती कपडा लगाउनुपर्छ।
३) फुड प्वाइजनिङ : यसका लक्षण उल्टी आउनु, पातलो दिसा आउनु, पेट फुल्नु, आदि हुन् । यसका लागि सफा खानेकुरा खानुपर्छ।
४) दादुरा : नाकबाट पानी बग्ने, खोकी लाग्ने, आँखा रातो हुने, मुख तथा गर्दनमा बिमिरा देखिने गर्छन् । बिमिरा बढ्दै गएर शरीरभरि नै फैलिन सक्छ । बिमिरा ५, ६ दिन पछि हराएर जान्छ । दादुराबाट बच्न भिटामिन ए प्रमुख उपाय हो । कुपोषणबाट ग्रस्त बालबालिकामा यो रोग बढी लाग्ने भएकाले यसबाट बच्न पोषणयुक्त खानामा ध्यान दिनुपर्छ ।
५) जन्डिस : यो रोग लागेपछि रोगीको आँखाको सेतो भाग पहेँलो हुँदै जान्छ । पिसाब पनि पहेँलो हुन्छ र शरीर निकै कमजोर हुन्छ । यसबाहेक, टाउको दुख्नु, भोक नलाग्नु, शरीर भारि हुनु, उल्टी आउनु, पातलो दिसा आउनु, पेट फुल्नु, निद्रा नलाग्नु, शरीर धेरै चिलाउनु आदि यसका लक्षण हुन् । यसबाट बच्न प्रशस्त मात्रामा शुद्ध पानी पिउनुपर्छ । यसको कीटाणु हावाको माध्यमले फैलिने भएकाले रोगीलाई विशेष निगरानीमा राख्नुपर्ने हुन्छ । यो रोग भएकाले प्रोटिनयुक्त आहार गर्नु राम्रो हुन्छ ।
(एजेन्सीको सहयोगमा)