१८ फाल्गुन २०८१, आईतवार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

ताप्लेजुङमा हरेक महिना आगलागी



सांकेतिक तस्बिर
अ+ अ-

काठमाडौं । ताप्लेजुङमा वर्षको सुरुआतमा कोरोना कहरका बीचमा सुरु भएको आगलागीका घटना अन्त्यसम्म नै रोकिएनन्। जेठ, असार, साउन र असोजमा एक–एक घर जल्दा ९ लाख ३ हजारबराबरको क्षति भयो। कात्तिकमा २ घर जले। ६९ लाख १० हजार मूल्यबराबरको क्षति भयो। ३ जना घाइते भए। मंसिर र पुसमा ३–३ घर जल्दा १८ लाख १० हजारको क्षति भएको प्रहरीको तथ्यांक छ। 

पुसको पहिलो हप्तादेखि प्रसिद्ध तीर्थस्थल पाथीभराको वनमा लागेको डढेलो महिना दिनपछि मात्रै पूर्ण नियन्त्रणमा आएको थियो। डढेलोबाट पाथीभराको मन्दिर बचाउन सिम्रिक एयरको हेलिकप्टरसमेत प्रयोग गरिएको थियो। नेपालमै पहिलो पटक डढेलो निभाउन हेलिकप्टरबाट पानी खन्याइएको थियो। 

पुस १३ गते हेलिकप्टरबाट पानी खन्याएपछि मन्दिर क्षेत्र सुरक्षित भयो। वनको आगो निभाउन त्यसपछि पनि सुरक्षा निकाय, मन्दिरका कर्मचारी र स्थानीय महिनैभरि खटिएको पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक मनमणि काफ्ले बताउँछन्। 

‘मन्दिर र आसपासका धर्मशाला बचाउन अन्तिम विकल्पको रूपमा हेलिकप्टरको प्रयोग गरेका थियौं,’ उनी भन्छन्, ‘हेलिकप्टरले पाँच पटक पानी हालेपछि आगो मन्दिरसम्म पुग्न पाएन। मैले थाहा पाएयता पाथीभराको वनमा पहिलोपटक आगो लागेको हो।’  अन्नपूर्ण पोष्ट दैनिकमा समाचार छ ।