१८ फाल्गुन २०८१, आईतवार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

यी व्यक्तिले नपाउने भए कोरोना बीमा



अ+ अ-

काठमाडौं । कोभिड–१९ बीमालेख (कोरोना बीमा) मा हालसम्म ६० हजार ५८७ जनाले दाबी भुक्तानी पाएका छन् । कोरोना बीमामा हालसम्म ९१ हजार ६७३ जनाले दाबीका लागि आवेदन दिएका छन् । बीमा समितिका अनुसार चैत ३० गतेसम्ममा रू. ५ अर्ब ८५ करोड १५ लाख बराबरको दाबी भुक्तानी भएको छ । गत कात्तिकसम्म दाबी भुक्तानीमा ढिलाइ भएको थियो । तर, पछिल्लो समय दाबी भुक्तानी नियमित रूपमा भइरहेको छ ।

आवेदन गरेकामध्ये ६६६ जनाले भने दाबी रकम नपाउने भएका छन् । प्रतीक्षा अवधिमा कोरोना संक्रमित भएका, नक्कली पीसीआर रिपोर्ट बुझाएका तथा दोहोरो आवेदन दिएकाहरूले दाबी रकम नपाउने भएका हुन् ।

पछिल्लो पटक मन्त्रालयमा पीसीआर प्रतिवेदन स्वीकृतिका लागि ३७ हजार ३८६ आवेदन पठाइएको थियो । त्यसमा १८ हजार ५२७ आवेदन स्वीकृति भएर आइसकेको छ भने १८ हजार ८५९ ओटा आवेदन पीसीआर रिपोर्ट प्रमाणीकरणका लागि स्वास्थ्य मन्त्रालयमा छ । बाँकी आवेदनको पनि आवश्यक प्रक्रिया पूरा गरेर भुक्तानी दिइने बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले बताए । ‘पहिला कोरोना बीमाको दाबी भुक्तानीमा ढिलाइ भएको हो । तर, अहिले नियमित रूपमा भुक्तानी भइरहेको छ,’ उनले भने, ‘दाबी पाउन योग्य सबैले भुक्तानी पाउनेछन् ।’

कोरोना बीमासम्बन्धी मापदण्डअनुसार रू। ३ अर्ब ५० करोडभन्दा बढीको दाबी भुक्तानी सरकारको कोषबाट हुन्छ । कोरोना बीमाको दाबी भुक्तानीले यसअघि नै सो सीमा पार गरिसकेको छ । तर, दाबी भुक्तानी भने बीमा कम्पनीहरूले आफ्नै कोषबाट गर्दै आएका छन् । आर्थिक अभियान दैनिकमा छ ।