१९ बैशाख २०८२, शुक्रबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

रोहित शर्माले तोडे एबी डिभिलियर्सको रेकर्ड, अबको नजर क्रिस गेलमा



अ+ अ-

एजेन्सी । रोहित शर्मा विश्वकप २०२३ मा फरक मुडमा ब्याटिङ गरिरहेका छन् । रोहितले ठूला सट खेलिरहेका छन् । रोहितले धर्मशालामा न्यूजिल्याण्डविरुद्ध ४६ रनको इनिङ खेलेका थिए ।

यस अवधिमा उनले चार उच्च छक्का प्रहार गरे । जसका कारण रोहितले विश्वकपमा आफ्नो नाममा अनौठो कीर्तिमान बनाएका छन् ।

रोहित विश्वकप इतिहासमा सबैभन्दा धेरै छक्का प्रहार गर्ने दोस्रो ब्याट्सम्यान बनेका छन् । रोहितले न्युजिल्यान्डविरुद्ध पहिलो छक्का प्रहार गर्दै दक्षिण अफ्रिकाका पूर्व कप्तान एबी डिभिलियर्सलाई पछि पारेका छन् ।

डिभिलियर्सले ३७ छक्का प्रहार गरेका थिए । रोहितले न्यूजिल्याण्डविरुद्ध चार छक्का प्रहार गरेका थिए । उनको नाममा अहिले ४१ छक्का छ । यो सुचीमा वेस्ट इन्डिजका ब्याट्सम्यान क्रिस गेल शीर्ष स्थानमा छन् । गेलले विश्वकपमा ४९ छक्का प्रहार गरेका छन् ।

यसबाहेक रोहितको नाममा अर्को अनौठो कीर्तिमान पनि दर्ता भएको छ । रोहित एक क्यालेन्डर वर्षमा सबैभन्दा बढी छक्का प्रहार गर्नेको सूचीमा तेस्रो ब्याट्सम्यान बनेका छन् । रोहितले सन् २०२३ मा अहिलेसम्म सबैभन्दा धेरै छक्का प्रहार गरेका छन् ।

रोहितले यो वर्ष अहिलेसम्म ५३ छक्का प्रहार गरिसकेका छन् । यस सूचीमा एबी डिभिलियर्स शीर्ष स्थानमा छन् । डिभिलियर्सले सन् २०१५ मा ५८ छक्का प्रहार गरेका थिए । क्रिस गेल दोस्रो नम्बरमा छन् । सन् २०१९ मा गेलको ब्याटबाट ५६ छक्का प्रहार भएको थियो ।