१८ फाल्गुन २०८१, आईतवार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

नेपालगञ्जमा कोरोना संक्रमण बढ्दै



अ+ अ-

नेपालगञ्ज । भारतबाट काम गरेर फर्किएका दश जनालाई शनिबार कोरोना पुष्टि भयो । कोरोना पुष्टि भएका दशमध्ये आठ जना कर्णाली प्रदेशका छन् । ६ जना सुर्खेत, दैलेख, जाजरकोट तथा बाँके र दाङ जिल्लाका एक/एक जना रहेका छन् । दश जनामा आठ जना गजरात र दुई जना दिल्लीबाट आएका हुन् ।

नेपालगञ्ज नाकामा शनिबार १९ जनालाई शंका लागेर जाँच गर्दा १० जनामा कोरोना पुष्टि भएको थियो । यो नाकामा चैत महिनायता २५ जनालाई कोरोना पुष्टि भइसकेको छ । नेपालगञ्ज नाकामा जाँच गर्दा कोरोना पुष्टि भएका अधिकांश कर्णाली प्रदेशका रहेका छन् ।

भारतको गुजरात दिल्ली, मुम्बईमा कोरोना बढेपछि घर फर्किने नेपालीको चाप बढ्दो रहेको छ । भारतका विभिन्न शहरबाट शनिबार करिब २ हजार नेपाली फर्किएका छन् । भेरी अस्पताल, नेपालगञ्जमा गरिएको परीक्षणमा शनिबार १ सय ६ जनामा कारोना पुष्टि भयो । अस्पतालले पछिल्लो २४ घण्टामा १ सय ९० जनालाई जाँच गर्दा १ सय ६ जनालाई कोरोना पुष्टि भएको थियो । नेपाल समाचारपत्र दैनिकमा समाचार छ ।