१८ फाल्गुन २०८१, आईतवार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

नेपाल हुँदै तेस्रो मुलुक जाने भारतीयबाट संक्रमण फैलने खतरा



अ+ अ-

काठमाडौं । छिमेकी मुलुक भारतमा यतिखेर कोरोना संक्रमण काबुभन्दा बाहिर गएको छ । छिमेकी राष्ट्रमा कोरोनाको कहर थेग्न नसक्ने अवस्थामा पुगेसँगै जनसंख्या तथा स्वास्थ्य मन्त्रालयले नेपालमा पनि त्यसको भयावह असर पर्ने चिन्ता व्यक्त गरिसकेको छ । सरकारले कोरोनाको संक्रमणको प्रमुख खतरालाई भने बेवास्ता गरिरहेको छ ।भारतले विदेशमा जाने हवाई उडानहरू बन्द गरेदेखि नै वैदेशिक रोजगारीमा रहेका भारतीयहरू नेपाल भएर पुनः काममा फर्कन थालेका छन् ।

गत फेब्रुअरीदेखि नै काठमाडौंस्थित भारतीय दूतावासमा ‘नो अब्जेक्सन लेटर’ अर्थात् ‘एनओसी’ लिनेहरूको थेग्नै नसकिने भीड लागेको छ । स्रोतका अनुसार फेब्रुअरीदखि अहिलेसम्म करिब २५ हजार भारतीय कामदारहरू काठमाडौंस्थित भारतीय दूताबासबाट एनओसी लिएर आफ्नो विदेशी कर्मथलोमा फर्किसकेका छन् । अझै पनि करिब २ लाख ५० हजार भारतीय कामदार तेस्रो गन्तव्य राष्ट्रका लागि नेपाल भित्रिने अनुमान गरिएको छ ।

अझै पनि भारतको अति संक्रमित दिल्लीबाट दैनिक ५ सयभन्दा बढी भारतीय कामदार काठमाडौं आउने गरेका छन् भने सीमा क्षेत्रबाट वैध तथा अवैधरूपमा भित्रिनेहरूको संख्या त गणनामै आउन सकेको छैन । सिंगापुर, चीन, साउदी अरेबियालगायतका राष्ट्रमा करोडौंको संख्यामा भारतीय कामदार कार्यरत छन् । भारतीय दूतावासमा एनओसी लिनेको भीड यति धेरै छ कि सातामा २ दिन शनिबार र आइतबार बन्द रहने दूतावासको कन्सुलर सेक्सन भने सातै दिन व्यस्त रहन्छ ।

दूतावासले नेपालमा पनि कोभिड–१९ को संक्रमण बढ्दै गएकाले कन्सुलर सेवा प्रभावित भएको सूचना जारी गरे तापनि तेस्रो राष्ट्र जानेहरूलाई एनओसी दिने कार्य भने रोकेको छैन । दूताबास परिसरभित्र कोभिडसम्बन्धी स्वास्थ्य मापदण्ड पालना गरे तापनि दूतावासबाहिरको भीड भने अनियन्त्रित छ । केही दिनअघि उक्त भीडलाई नियन्त्रण गर्न दूतावासमा खटिएका सुरक्षाकर्मीले लाठीचार्जसमेत गर्नुपरेको थियो । नेपाल समाचार पत्र दैनिकमा समाचार छ ।