१८ चैत्र २०८१, मंगलवार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

१ विकेट लिनेबित्तिकै मिचेललाई यस्तो उपलब्धी



अ+ अ-

एजेन्सी । आईसीसी एकदिवसीय विश्वकप २०२३ को १८ औं खेलमा अष्ट्रेलिया र पाकिस्तानबीच प्रतिस्पर्धा भयो । यस खेलमा अष्ट्रेलियाले पाकिस्तानलाई ६२ रनले पराजित गर्दै विश्वकप २०२३ मा दोस्रो जित हात पारेको थियो ।

खेलमा पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर ३६७ रन बनाएको थियो । जवाफमा पाकिस्तान ४५.३ ओभरमा ३०५ रनमा अलआउट भयो ।

खेलमा अष्ट्रेलियाका लागि डेभिड वार्नर र मिचेल मार्सले बलियो शतक प्रहार गर्दै टोलीलाई ३६७ रन बनाउन महत्वपूर्ण योगदान पुर्याएका थिए । दुईबीच २५९ रनको ओपनिङ साझेदारी पनि भएको थियो । त्यस्तै अष्ट्रेलिया लागि बलिङमा एडम जाम्पाले ४ विकेट, मार्कस स्टोइनिस र प्याट कमिन्सले २ तथा मिचेल स्टार्क र जोस हेजलवुडले १–१ विकेट लिए ।

मिचेल स्टार्कले यो खेलमा भलै एक मात्र विकेट लिए, तर उनले यो अवधिमा ठूलो रेकर्ड बनाए । उनी विश्वकपमा सर्वाधिक विकेट लिने बलरको सूचीमा परेका छन् ।

वास्तवमा, एकदिवसीय विश्वकप २०२३ को १८औं खेलमा एडम जाम्पा र मार्कस स्टोइनिसले मध्य ओभरमा विकेट लिएर अस्ट्रेलियालाई जित दिलाएका थिए । मिचेल स्टार्कले १ मात्रै सफलता हात पारे पनि विश्वकपमा सर्वाधिक विकेट लिने हिसाबले शीर्ष ५ मा पुगेका छन् । यस अवधिमा उनले पाकिस्तानका पूर्व लिजेण्ड वसिम अक्रमको कीर्तिमान पनि बराबरी गरेका छन् ।

विश्वकपमा सर्वाधिक विकेट लिने मामलामा वसिम अक्रम (५५) चौथो स्थानमा छन् । पाकिस्तानविरुद्ध विकेट लिएर मिचेल स्टार्कले यो कोसेढुङ्गा पूरा गरेका थिए । विश्वकपमा सबैभन्दा बढी विकेट लिनेमा ग्लेन म्याकग्रा शीर्ष स्थानमा छन्, जसले कुल ७१ विकेट लिएका छन् । दोस्रो स्थानमा ६८ विकेट लिने मुथैया मुरलीधरनको नाम छ ।