१९ बैशाख २०८२, शुक्रबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

नियमित स्वस्थ यौनसम्बन्धले मुटु बलियो बनाउने !



प्रतिकात्मक तस्बिर
अ+ अ-

एजेन्सी । नियमित रूपमा राखिने स्वस्थ यौनसम्बन्धले मुटुलाई बलियो बनाउने एउटा अध्ययनले देखाएको छ ।

वैज्ञानिकहरूको अध्ययनअनुसार मुटु रोगबाट बँच्न नियमित स्वस्थ यौनसम्बन्ध फाइदाकारी छ । नियमित यौनसम्बन्ध राख्नेहरूमा मुटुको रोग हुने जोखिम अन्यको दाँजोमा आधा हुने अध्ययनमा जनाइएको छ ।

सातामा दुईपटक वा यसभन्दा बढी यौनसम्बन्ध राख्ने पुरुषहरूमा मुटुको रोग हुने सम्भावना ४५ प्रतिशतसम्म कम हुने वैज्ञानिकहरूले अनुसन्धानमा पाएका छन् ।

सातामा एकपटक वा यसभन्दा कम यौनसम्बन्ध राख्ने पुरुषहरूमा मुटुको रोग हुने सम्भावना निकै बढी देखिएको थियो ।

अनुसन्धानमा ४० देखि ७० वर्ष सम्मका १ हजार पुरुषलाई १६ वर्ष अध्ययन गरिएको थियो । जुन पुरुषको यौन आवश्यकता समयमै पूरा हुन्छ उनीहरूको स्वास्थ्य अरूको दाँजोमा राम्रो हुने अनुसन्धानमा औंल्याइएको छ । आफ्नो यौनसाथीसँग बिताएको मायाको क्षण पुरुषलाई भावनात्मक रूपमा फाइदा हुने पनि अनुसन्धानले पुष्टि गरेको छ ।

पुरुषमा समेत रजोनिवृत्ति रजोनिवृत्तिलाई प्रायः महिलाको उमेरसँगै आउने हर्मोनको परिवर्तनको रूपमा हेरिने गरिन्छ । तर हालै भएको एउटा अध्ययनअनुसार यस्तो परिवर्तन पुरुषमा पनि हुन्छ ।

पुरुषमा रजोनिवृत्तिका कारण थकाइ, मनस्थितिमा परिवर्तन, यौनसम्बन्धको इच्छा कम हुनु, कपाल झर्नु, ध्यान केन्द्रीत गर्ने क्षमता कम हुनु र तौल बढनुजस्ता लक्षण देखिन्छन् ।

विशेषज्ञहरूका अनुसार हर्मोनको स्तर कम हुँदा पुरुषमा मानसिक र शारीरिक परिवर्तन देखिन्छ ।

अनुसन्धानअनुसार महिलामा अण्ड (ओभम)उत्पादन क्षमता समाप्त हुनुका साथै हार्मोन उत्पादनमा अपेक्षाकृत तीव्र गतिले कमी आउँछ तर पुरुषमा हर्मोनसम्बन्धी परिवर्तन धेरै विस्तारै हुन्छ । पुरुषमा टेस्टोस्टेरानको स्तरमा ३० वर्षको उमेरदेखि कमी देखिन सुरु हुन्छ, जसको दर प्रत्येक वर्ष एक प्रतिशत हुन्छ । ७० वर्षको पुरुषमा यो हर्मोनको स्तरमा ५० प्रतिशतसम्म कमी आउन सक्छ ।