
काठमाडौं । भारत सरकारले हुम्ला जिल्लामा दुईवटा परियोजनाको निर्माण गरिदिएको छ ।
’नेपाल–भारत विकास सहकार्य’ कार्यक्रम अन्तर्गत भारत सरकारका ५.५२३ करोड अनुदान सहयोगमा सर्केगाड गाउँपालिका स्थित सरस्वती माध्यमिक विद्यालयका लागि निर्मित विद्यालय भवन र चंखेली गाउँपालिकास्थित महादेव माध्यमिक विद्यालयका लागि ल्याब र पुस्तकालय भवन निर्माण गरिएको भारतीय दूतावासले जनाएको छ ।
भारतीय राजदूत नवीन श्रीवास्तव र स्थानीय सरकारका प्रतिनिधिले निर्मित परियोजनाको संयुक्तरूपमा उद्घाटन गर्नुभएको छ ।