६ मंसिर २०८१, बिहीबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

मदन पुरस्कार विवेक ओझा र जगदम्बा श्री पुरस्कार टेकबीर मुखियालाई अर्पण



अ+ अ-

काठमाडौँ । मदन पुरस्कार र जगदम्बा श्री पुरस्कारबाट पुरस्कृत भएका साहित्यकारद्वय विवेक ओझा र टेकवीर मुखियालाई पुरस्कार अर्पण गरिएको छ ।

ललीतपुरमा एक कार्यक्रमकाबीच आज सोमवार बि.सं. २०७९ सालको मदन पुरस्कारबाट पुरस्कृत भएका ओझा र जगदम्बा श्री पुरस्कारबाट पुरस्कृत भएका मुखियालाई पुरस्कार अर्पण गरिएको हो । मदन पुरस्कार गुठीका अध्यक्ष कुन्द दिक्षितले ऐँठनका लेखक विवेक ओझा र मुखियालाई जगदम्बा श्री पुरस्कार अर्पण गर्नुभएको हो ।

मदन पुरस्कार र जगदम्बा श्री दुवै पुरस्कारको राशि चार–चार लाख रुपैयाँ रहेको छ । यसअघि मदन पुरस्कार गुठीले मदन पुरस्कार ऐठनलाई र जगदम्बा श्री पुरस्कार मुखियालाई प्रदान गर्ने निर्णय गरेको थियो । ऐँठन कृति माओबादी आन्दोलनको बेला नेपाली समाजले भोगेको विषयवस्तुमाथी केन्द्रित छ । उहाँले उर्जाशिल उमेर लेखन क्षेत्रमा बिताएको स्मरण गर्नुभयो ।

ओझाले भन्नुभयो, ‘मदन पुरस्कार पाएको खबर पाएँ । नजिकै बसेकी श्रीमतीलाई सुनाए । नातीसँग खेलिरहनुभएकी मेरी आमालाई सुनाएँ । तुरुन्तै भीडीयो कल गरेँ । मेरो भाईलाई सुनाए । भाई खबर सुनेर रोयो । आमा रुनुभयो । पुष्पा रोइन । थाह नपाई ती आँशुले मेरा आँशुलाई समेत जागृत गराए । र, बुवालाई खबर सुनाउन सकिन । उहाँ त झनै पो भावुक हुनुहुन्छ । पक्कैपनि ती सामान्य आँशु थिएनन् । यस्तो लाग्यो वर्षौंसम्म पर्खिएर खस्नका लागि पालो कुरीरहेका आँशु हुन् । कुनै कुनै आँशु गहमा आफ्नो पालो कुरेर बसिरहेका हुँदा रहेछन् ।

स्कूल नचिन्दै बुवासँगका लोककथा रित्तिए । अझ तरकारी, खेत, हलो–कुटो र अँगेनाका समेत गन्तव्यहीन संवाद बुवाले सुनाउन प¥यो । सुत्‍नुअघि कथा सुन्ने बानी जो थियो । मलाई कताकता लाग्छ, तिनै नाम–बेनाम कथाहरूले म मा आख्यानको बीज रोपेका थिए । स्कूल पढ्दै गर्दा ठूलो दाइको सिको गर्दै रहरै रहरमा लेखनको बामे शुरू भयो । र, त्यो यात्रा खतरनाक नशामा परिणत भैसकेको रहेछ। यस अर्थमा खतरनाक नशा कि, मैले ऊर्जामय उमेरको उच्चतम समयमा समेत पारिवारिक जिम्मेवारीबाट भागेँ, अभाव स्वीकार्य साथी मान्न रुचाएँ । समाजको आर्थिक प्रश्‍नहरूसँग लुक्‍नु परिरह्यो । ठिक नशामा फसेको मानिस जस्तो । त्यस्तो प्रतिकुल समयमा जो धैर्यता, साहस र प्रेम मेरी श्रीमतीले देखाइन्, त्यसप्रति म नतमस्तक छु । निःशब्द हुन पुग्छु ।’

उहाँले आफूले पुरस्कार पाएपछि परिवारमा हर्षको आँशु आएको बताउनु भयो ।