१८ फाल्गुन २०८१, आईतवार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

मेलम्चीको पानी ३२० स्थानबाट चुहावट



अ+ अ-

काठमाडौँ । मेलम्चीको पानी पुरानो पाइपलाइनबाट  वितरण  गर्दा ३२० स्थानबाट चुहावट भएको छ । पुरानो पाइपलाइन भएकाले चुहावट बढेको छ भने यसको मर्मत हुँदैछ । ​ यसअघि   पानीको   बहाव   कम   हुँदा जमिनमुनि  पानी  रहन्थ्यो  भने  बहाव  बढेपछि सतहमा देखिएको काठमाडौँ उपत्यका खानेपानी लिमिटेड  (केयुकेएल)ले  जनाएको  छ ।

जहाँ चुहावट  भएको  छ,  त्यहाँ  मर्मत  गरिएको केयुकेएलले जनाएको छ । केयुकेएलका प्रमुुख कार्यकारी  अधिकृत  मिलन  शाक्यले  ३२० स्थानमध्ये  दुई  सय  स्थानमा  मर्मत  भइसकेको जानकारी दिए । 

उनले भने, “पुरानो पाइपबाट चुहावट भइरहेको  छ । मर्मत  गरिरहेका  छौँ । सडक  विभागसँग  स्वीकृति  लिएका  छौँ  । अब थप स्थानमा  मर्मत  गर्नेछौँ ।”  मेलम्चीको  पानी उपत्यकामा सातवटा पोखरीबाट वितरण गरिएको छ । गोरखापत्र दैनिकमा छ ।