१८ फाल्गुन २०८१, आईतवार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

अधिवेशन अन्त्य : प्रशासन कानुन फेरि अलपत्र



अ+ अ-

काठमाडौं । राष्ट्रपतिले अधिवेशनको अन्त्य गरेको घोषणा गरेपछि निजामती प्रशासन कानुन फेरि अलपत्र परेको छ । प्रशासन कानुन नआउँदा करिब ९० हजार निजामती कर्मचारीलाई निर्देशन, सञ्चालन र व्यवस्थापन गर्न कठिनाइ उत्पन्न भएको छ ।

स्थायी सरकारको रुपमा रहेको निजामती प्रशासनलाई सञ्चालन गर्न करिब साढे दुई वर्षअघि नै सरकारले प्रशासन कानुन ल्याउन प्रयास गरेको थियो । तर अझैसम्म कानुन आउन सकेको छैन ।

निजामती सेवा ऐन २०४९ लाई प्रतिस्थापन गर्न सरकारले संघीय निजामती सेवा ऐन ल्याउन खोजेको हो तर संघीय निजामती सेवा लागु नहुँदा २०५९ सालको कानुन प्रतिस्थापन हुन सकेको छैन । पूर्व संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले केन्द्रमा प्रशासन कानुन नआउँदा निजामती क्षेत्रमा समस्या देखिएको बताए । नागरिक दैनिकमा समाचार छ ।