८ बैशाख २०८२, सोमबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

इजरायलबाट नेपालीहरूलाई तत्काल फिर्ता ल्याउन सरकारसँग सभामुखको आग्रह



अ+ अ-

काठमाडौँ । सभामुख देवराज घिमिरेले इजरायलमा आतङ्ककारी सङ्गठन हमासको आक्रमणमा परी मृत्यु भएका नेपालीको शव र स्वदेश आउन चाहनेलाई तत्काल ल्याउने व्यवस्था मिलाउन सरकारसंग आग्रह गर्नुभएको छ ।

सभामुख घिमिरे आज जारी गर्नुभएको शोक वक्तव्यमा दक्षिण इजरायलको किवुज अलुमिम भन्ने स्थानमा भएको आक्रमणमा १० नेपालीको निधन भएकामा दु:ख प्रकट गर्दै उक्त आग्रह गर्नुभएको हो ।

शोक वक्तव्यमा भनिएको छ, “सम्भावित आक्रमणको जोखिममा रहेका सबै नेपालीलाई सुरक्षित स्थानमा राख्न, नेपाल फर्कन चाहनेलाई सोहीबमोजिमको व्यवस्था गर्न र जीवन गुमाएका नेपालीको शव फिर्ताका लागि आग्रह गर्दछु ।”