
केही दिनअघिको शक्तिशाली भूकम्पले हल्लाएको पश्चिमी अफगानिस्तानमा आज बिहान फेरि ६.३ म्याग्नीच्युडको भूकम्प गएको छ ।
यसअघिका भूकम्पमा परेर हेरातका दुर्गम गाउँमा २ हजारभन्दा बढी मानिसको मृत्यु भइसकेको छ । त्यहाँ राहत र उद्धारका काम जारी नै छन् ।
उद्धारकर्मीहरू घरका भग्नावशेषमा पुरिएका मानिसको खोजी गरिरहेका छन् ।
यहीबीच आज बिहान ५ बजेको आसपासमा तीनवटा शक्तिशाली भूकम्पका धक्का महशुस गरिएको अमेरिकी भूगर्भ केन्द्रले जनाएको छ ।
यस भूकम्पबाट के कति क्षति भयो भन्ने जानकारी प्राप्त भइनसकेको टोलो न्यूजले जनाएको छ । लगातारका परकम्पले अफगानिस्तानमा त्रासको वातावरण छ । एजेन्सी