२२ फाल्गुन २०८१, बिहीबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

बुधबार यस्तो छ विदेशि विनिमयदरको भाउ, हेर्नुहोस् कुन देशको कति ?



अ+ अ-

काठमाडौं । बुधबार अमेरिकी डलरसहित अन्य देशको विनिमयदर बढेको छ । आज नेपाल राष्ट्र बैंकले तोकेको विनिमयदर अनुसार एक अमेरिकी डलरको खरिददर १ सय १९ रुपैयाँ ५१ पैसा तोकिएको छ भने बिक्रिदर १ सय २० रुपैयाँ ११ पैसा तोकिएको छ । आज अमेरिकी डलरको भाउ स्थिर रहेको छ ।  

त्यस्तै एक युके पाउण्ड स्ट्रलिङको खरिददर १ सय ६७ रुपैयाँ ०८ पैसा तोकिएको छ भने बिक्रिदर १ सय ६७ रुपैयाँ ९२ पैसा तोकिएको छ। एक मलेसिया रिंगिटको खरिददर २९ रुपैयाँ ०४ पैसा तोकिएको छ भने बिक्रिदर २९ रुपैयाँ १८ पैसा तोकिएको छ ।  आज युके पाउण्ड स्ट्रलिङ र मलेसिया रिंगिटको भाउ केही पैसाले मात्र बढेको छ । 

यसैगरी एक साउदी रियालको खरिददर ३१ रुपैयाँ ८७ पैसा तोकिएको छ भने बिक्रिदर ३२ रुपैयाँ ०३ पैसा तोकिएको छ । एक कतारी रियालको खरिददर ३२ रुपैयाँ ८२ पैसा तोकिएको छ भने बिक्रिदर ३२ रुपैयाँ ९८ पैसा तोकिएको छ । साउदी रियाल र कतारी रियालको भाउ आज स्थिर रहेको हो ।

त्यस्तै एक कुवेती दिनारको खरिददर ३ सय ९६ रुपैयाँ ८३ पैसा तोकिएको छ भने बिक्रिदर ३ सय ९८ रुपैयाँ ८२ पैसा तोकिएको छ ।  कुवेती दिनारको भाउ आज घटेको हो । बहराइन दिनारको खरिददर ३ सय १७ रुपैयाँ ०२ पैसा तोकिएको छ भने बिक्रीदर ३ सय १८ रुपैयाँ ६२ पैसा तोकिएको छ । आज कुवेती दिनारको भाउ केही पैसाले मात्र बढेको छ भने बहराइन दिनारको बिक्रीदरमा १ पैसाले बढेको हो ।

कोरियन वन एक सयको खरिददर १० रुपैयाँ ७२ पैसा तोकिएको छ भने बिक्रीदर १० रुपैयाँ ७८ पैसा तोकिएको छ। जापानी यनको खरिददर ११ रुपैयाँ ०३ पैसा तोकिएको छ भने बिक्रिदर ११ रुपैया ०९ पैसा तोकिएको छ । कोरियन वनको खरिददरमा १ पैसाले बढेको छ भने जापानी यनमा २ पैसाले घटेको छ ।