१९ चैत्र २०८१, बुधबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

सूचना नदिकन आक्रमण गरे कब्जामा रहेकाको हत्या गर्ने धम्कीप्रति सरकारले के सोचेको छ: प्रकाशमान सिंह



अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका सांसद प्रकाशमान सिंहले इजरायलले सर्वसाधारणलाई सूचना नदिकन आक्रमण गरे हमासले कब्जामा रहेकालाई हत्या गर्ने धम्की दिइरहेको भन्दै यसबारेमा सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

मंगलवार अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै सांसद सिंहले सो बारेमा नेपाल सरकारको ध्यानाकर्षण गराउनुभएको हो । उहाँले इजरायल घटना संवेदशील भएकाले सयम समयमा नेपाल सरकारले त्यहाँको स्थितिको बारेमा ध्यानाकर्षण गराउन आग्रह गर्नुभयो । उहाँले स्वदेश फर्किन चाहने नेपालीहरुलाई आवश्यक प्रवन्ध मिलाइ चाँडो भन्दा चाँडो ल्याउन आग्रह गर्नुभयो । उहाँले युद्ध अझै चर्किनसक्ने अनुमान रहेकाले नेपालीहरुलाई चाँडो स्वदेश फर्काउन आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘खास गरेर राष्ट्र नै शोकमा डुबेको बेलामा यो जुन असोज २० गतेको दिनको जुन आक्रमणबाट इजरायलमा रहेका नेपालीहरुको दु:खको समाचार सुन्नुपरेको छ । यो आकस्मिक रुपमा भएको कारणले गर्दा सरकारले सरकारको तर्फबाट अग्रसरता देखाउनुभएको छ, यो सरकारले गर्नुपर्ने कार्यहरु, यस्तो संकट पर्दा ति संरचना र निकायहरुलाई परिचालन गर्नुपर्नेदेखि लिएर सबै बसेर समन्वय गर्ने काम भइरहेको छ ।’

‘इजरायलमा रहेका नेपालीहरुको अवस्थाको बारेमा जानकारी गराउनुभएको छ । युद्ध नै शुरु भइसकेको अवस्थामा सरकारको तर्फबाट मन्त्रीज्युले भनिसक्नुभएको छ । नेपाल नै फर्किन चाहनेहरुलाई पनि त्यहाँको दुतावासलाई अलर्टनेसलाई राखेर काकम गरिरहनुभएको छ । इजरायली सरकार र नेपालमा रहेका राजदुतसँग छलफल जुन गरिरहनुभएको छ । संवेदनशील भएको कारणले सयम समयमा जानकारी गराएको खण्डमा राम्रो हुन्छ । तेलेवी एयरपोर्ट अप्रेशनमा छ भन्नुभएको छ, त्यहाँबाट फर्किएर आउने नेपालीलाई चाँडो ल्याइयोस् । हमासले इजरायलले सर्वसाधारणलाई सूचना नदिकन आक्रमण गरे कब्जामा रहेकालाई हत्या गर्ने धम्की आइरहेको छ । यसमा सचेत हुनुपर्छ । यो विषयमा सरकारले के सोचिरहेको छ ?’

नेता सिंहले इजरायलस्थित दुतावासलाई थप निर्देशन दिनुपर्ने बताउनु भयो ।