१८ फाल्गुन २०८१, आईतवार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

सुन आयात औसतभन्दा बढी



अ+ अ-

काठमाडौं । चालू आर्थिक वर्षको चैत महीनामा नेपालमा औसतभन्दा बढी सुन आयात भएको छ । चालू आवका अन्य महीनाहरूमा औसतमा रू। २ अर्ब १४ करोड बराबरको सुन आयात हुने गरेको थियो । तर, चैत महीनामा भने रू ३ अर्ब २ करोड ७१ लाख बराबरको सुन आयात भएको छ ।

भन्सार विभागले सार्वजनिक गरेको चैत मसान्तसम्मको तथ्यांकअनुसार यस महीनामा ४६० केजी सुन नेपाल भित्रिएको छ । परिमाणका आधारमा यो वर्ष मासिक औसतमा ३०० केजी सुन आयात हुँदै आएको थियो । चैतमा त्योभन्दा बढी सुनको आयात भएको भन्सार विभागको तथ्यांकमा उल्लेख छ । वैशाख महीनामा हुने विवाहजस्ता कार्यक्रमलाई लक्षित गरेर सुनको आयात बढाउँदा यस्तो देखिएको हो । नेपालमा वैशाख महीनामा पनि विवाहका कार्यक्रम बढी हुने गर्छन् ।

विवाहमा सुनका गरगहना लगाउने, उपहार स्वरूप सुनकै गरगहना आदानप्रदान गर्ने प्रचलन छ । त्यसका कारण नेपालमा यस समयमा सुनको खपत बढी हुन्छ । त्यसैले चैत महीनामा सुनको आयात बढी गर्दै आएको छ । वैशाखमा हुने विवाहलाई लक्षित गरेर चैतमा सुनको आयात बढाइएको नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष मणिकरत्न शाक्यले बताए । ‘विवाहको सिजनका कारण वैशाखमा सुनको खपत बढी हुन्छ । सोही अवस्थालाई दृष्टिगत गर्दै चैतमा सुनको आयात बढाएका हौं,’ उनले भने, ‘कोरोना विपद्का कारण लामो समयसम्म विवाहका कार्यक्रम पनि हुन सकेका थिएनन् । तर, यसपालि विवाहका कार्यक्रम व्यापक मात्रामा हुने अपेक्षा छ ।’

गत चैत २४ गतेदेखि वैशाखको पहिलो हप्तामा मात्रै ५०० केजीभन्दा बढी सुन आयात भएको उनको भनाइ छ । कोरोना प्रभाव नबढेमा अबका दिनमा सुनको व्यापार राम्रै हुने उनको अनुमान छ । गत चैतदेखि सुनको आयात परिमाण दैनिक १० केजीबाट बढाएर २० केजी पु¥याइएको छ । त्यसको असरले पनि सुनको आयात बढ्न सहयोग पुगेको हो । आर्थिक अभियान दैनिकमा छ ।