१८ बैशाख २०८२, बिहीबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

युरोपा लिगमा लिभरपुलको लगातार दुई जित



डिएगो जोटा
अ+ अ-

युरोपेली क्लबहरुको फुटबल प्रतियोगिता युरोपा लिग अन्तर्गत शुक्रबार राति भएको खेलमा लिभरपुलले आफ्नो गृह मैदान एन्फिल्डमा युनियन सेन्ट जिलोजलाई २–० गोल अन्तरले पराजित गरेको छ ।

सेन्ट जिलोज यस सिजनमा बेल्जियम फुटबल लिगको शीर्ष स्थानमा रहेको छ ।

यो जितसँगै लिभरपुलले चार क्लब सहभागी समूह ई मा लगातार दोस्रो जित निकालेर ६ अंक बटुलेको छ, र समूहमा पहिलो स्थानमा छ । दोस्रो स्थानमा भने ४ अंकका साथ टुलोज क्लब छ ।

गृह मैदान एन्फिल्डमा लिभरपुलले जिलोजमाथि लगातार दबाब सिर्जना गरेको थियो । यद्यपी लिभरपुलले पहिलो गोल भने ४४ औं मिनेटमा मात्र गर्न सकेको थियो । लिभरपुलका लागि पहिलो गोल रायन ग्राभेनबर्चले गरेका थिए । उनी यसै सिजन बायर्न म्युनिखबाट लिभरपुल स्थानान्तरण भएका हुन् ।

दोस्रो हाफको अतिरिक्त समय ९२ औं मिनेटमा डिएगो जोटाले क्लबका लागि दोस्रो गोल गरेका थिए । एजेन्सी