२२ माघ २०८१, मंगलवार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

भ्रष्टाचार अन्त्य गर्न सांसदको माग



file
अ+ अ-

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा सांसदहरुले भ्रष्टाचार अन्त्यका लागि गर्नुभएको छ । राष्ट्रियसभाको आजको बैठकको विशेष समयमा सांसद बीना पोख्रेलले भ्रष्टाचारदिनप्रतिदिन मौलाउँदै गइरहेको भन्दै सेवाका निम्ति पदभन्दा पनि पैसाका निम्ति पद भन्ने प्रवृत्ति बढ्दै गएको उल्लेख गर्नुभयो ।

राजनीतिकरुपमा गरिएका नीतिगत र कानुनी भ्रष्टाचार छायामै परेको अवस्थामा उहाँले वर्तमान सरकारले नीतिगत भ्रष्टाचारलाई समेत बहसमा ल्याएकोप्रति प्रशंसा गर्नुभयो । उहाँले भन्नुभयो, “भ्रष्टाचार कहाँदेखि सुरु भयो ? र कसरी मौलाउँदै गइरहेको छ ? जहाँ व्यक्तिको स्वार्थ र सम्पत्तिले प्राथमिकता पाउने व्यवस्था हुन्छ, त्यहाँ कुनै न कुनै ढङ्गले भ्रष्टाचार भइरहन्छ र भ्रष्टाचारको अन्त्य गर्न सकिँदैन ।”

भ्रष्टाचारविरुद्धको अभियान सञ्चालन गरेकामा उहाँले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई धन्यवाद दिनुभयो । उहाँले सबै किसिमका भ्रष्टाचारको अन्त्य गरी सुशासन कायम गर्न वर्तमान सरकारलाई सुझाव पनि दिनुभयो । भ्रष्टाचारीलाई राजनीतिक संरक्षण हुन नहुनेमा उहाँको जोड छ ।

“वर्तमान सरकारले चलाएको आर्थिक तथा नीतिगत भ्रष्टाचारविरुद्धको अभियानले भ्रष्टाचारका दुवै पक्षलाई बहसमा ल्याएको छ, सरकारले अगाडि बढाएको यो भ्रष्टाचार अभियानको समर्थन गर्दछु”, उहाँले भन्नुभयो ।

सांसद कुमार दसौदीले दसैँ नजिकिँदै गर्दा कालोबजारी र महँगी मौलाउँदै गएको भन्दै त्यसलाई रोक्नुपर्ने माग गर्नुभयो । उहाँले भन्नुभयो, “दसैँ कसरी मान्ने रु जनतासँग एक पैसा छैन, महँगी बढेको छ, जनता महँगीको मारमा छन्, त्यतातिर सरकारको ध्यान गएको छैन ।”

वर्तमान सरकार जनताप्रति उत्तरदायी हुनुपर्ने उहाँको भनाइ छ । सरकारले पटक–पटक पेट्रोलियम पदार्थमा मूल्यवृद्धि गरेकामा उहाँले विरोध गर्नुभयो । उहाँले भन्नुभयो, “मङ्गी बढेको अवस्थामा सरकारले जनताका पक्षमा काम गर्नुपर्छ ।” दसैँमा सहज यातायातको व्यवस्था गर्नुपर्ने र भूकम्पमा परी मृत्यु भएका र घाइते परिवारलाई राहतको व्यवस्था गर्नुपर्ने उहाँको माग छ । रासस