१९ चैत्र २०८१, बुधबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

लोसपा केन्द्रिय कार्यकारी समितिको बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल



अ+ अ-

काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी नेपालको केन्द्रिय कार्यकारिणी समितिको बिस्तारित बैठकमा नेताहरुले देशको समसामयिक राजनीतिक विषयमा छलफल गरेका छन् ।

बुधवार काठमाडौंमा बसेको बैठकले देशको समसामयिक राजनीतिक अवस्थामा पार्टीले खेल्नुपर्ने भुमिकाका बारेमा छलफल भएको पार्टीका नेता जितेन्द्र सोनलले बताउनु भयो । उहाँले तल्लो इकाइसम्म आफ्नो भुमिका र संगठन बिस्तार गर्न सुधार र मजबुत बनाउने बारेमा छलफल भएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘लोकतान्त्रिक समाजवादी पार्टी केन्द्रिय कार्यकारिणी समितिको बिस्तारित बैठक दुई दिन बस्यो । पार्टीका सम्पूर्ण पदाधिकारीको उपस्थितिमा देशको समसामयिक राजनीतिक अवस्था, त्यसमा पार्टीले खेल्नुपर्ने भुमिका र पार्टीले कसरी तल्लो इकाइसम्म आफ्नो भुमिका, वडासम्म आफ्नो सम्बन्ध बिस्तार गर्छ, कसरी संगठन निर्माण, सुधार र मजबुत बनाउँछ, त्यसको बारेमा र राष्ट्रिय र अन्तर्राष्ट्रिय सम्बन्धका विषयमा सबिस्तार छलफल भयो ।’

नेता सोनलले बैठकमा राष्ट्रिय र अन्तर्राष्ट्रिय सम्बन्धका विषयमा सबिस्तार छलफल भएको पनि बताउनु भयो ।