२४ चैत्र २०८१, सोमबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

संविधानको भावना अनुसार नै फागुन १ गते सार्वजनिक बिदा निर्णय गरिएको होः ऊर्जामन्त्री बस्नेत



file
अ+ अ-

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री शक्तिबहादुर बस्नेतले सरकारले फागुन १ गतेलाई सार्वजनिक बिदा दिने निर्णय संवैधानिक व्यवस्था अनुसार नै गरेको बताउनुभएको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले माओवादीको सशस्त्र युद्ध शुरु गरेको सो दिनलाई सरकारले सार्वजनिक बिदा दिएर संविधानको उलंघन गरेको बताएपछि उहाँले सो जवाफ दिनुभएको हो । मंगलवार प्रतिनिधि सभा बैठकमा बोल्दै मन्त्री बस्नेतले संविधानको प्रस्तावनामा नै शहीद, बेपत्ता र पीडित नागरिकलाई सम्मान गर्ने कुरा उल्लेख गरिएकाले फागुन १ गते सार्वजनिक विदा दिने निर्णयलाई संविधान विपरित भन्नु तर्कसम्मत नभएको जिकिर समेत गर्नुभयो । उहाँले संविधानको भावना र अक्षरहरुलाई सम्मान नगर्ने हो भने मुलुक दुर्घटनामा फस्नसक्ने चेतावनी समेत दिनुभयो ।

मन्त्री बस्नेतले भन्नुभयो, ‘संविधानको भावना र अक्षरहरुलाई हामीले सम्मान गर्न सकेनौ भने त्यतिखेर संविधान दुर्घटनाको जोखिम बढन सक्ने हुन्छ । मैले यसोअघि यहाँ संविधानको बारेमा चर्चा हुँदैगर्दा फागुन १ गते सरकारले बिदा घोषणा गरेको सन्दर्भमा चर्चा भईराख्दा अलिकति मैले त्यो बारेमा सोचे । हाम्रो संविधानको प्रश्तावनाको दोस्रो प्यारामा प्रष्ट रुपमा लेखिएको रहेछ–त्यो गौरवपूर्ण इतिहासलाई स्मरण गर्दै शहीद बेपत्ता एवं पीडित नागरिकहरुलाई सम्मान गर्दै भन्ने कुरा हाम्रो संविधानको प्र्रश्तावनामा लेखिएको छ ।

तर अव त्यसको सम्मान किन गरिएको, स्मरण किन गरिएको ? यसो भयो भने संवैधानिक दुर्घटना हुन्छ, संविधानको यो खिलाफमा हुन्छ भन्नेकुरा त्यति तर्कसंगत जस्तो लाग्दैन । किनकी, हामीले संविधानको सम्मान र भावनाको कदर गरेर मात्र हामी संविधानको रक्षा गर्नसक्छौं । ’

मन्त्री बस्नेतले सरकारले संविधान अनुकुल हुनेगरी कानून निर्माणको कामलाई तिब्रता दिएको पनि बताउनु भयो ।