
काठमाडौं । प्रमुख प्रतिपक्ष नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले केपी शर्मा ओलीले आज सदनमा सम्बोधन गर्ने भएका छन् ।
दिउँसो १ बजेदेखि सुरू हुने प्रतिनिधि सभाको बैठकमा प्रमुख प्रतिपक्ष दलको धारणा राख्न समय माग गरेको सभामुख सचिवालयले जनाएको छ ।
ओलीले सरकारको प्रधानमन्त्रीको विदेश भ्रमणलगायत पछिल्ला समसामियक राजनीतिक घटनाक्रमबारे सम्बोधन गर्ने बताइएको छ ।