१७ फाल्गुन २०८१, शनिबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

कोरोना हटस्पट बन्दै वीरगन्ज, पर्सामा ११ को मृत्यु



अ+ अ-

वीरगन्ज । कोरोना दोस्रो लहर बढ्दै गर्दा वीरगन्ज, पर्सा र बारामा ११ जनाको मृत्यु भइसकेको छ । उनीहरूको १५ दिनभित्र मृत्यु भएको नारायणी अस्पतालका कोभिड संयोजक डा। सरोज रोशन दासले जानकारी दिए । मृतकमध्ये एकको शनिबार गण्डक अस्पतालमा मृत्यु भएको हो । शुक्रबारसम्म १० जनाको कोरोनाकै कारण निधन भइसकेको छ । शनिबारसहित मृतक संख्या ११ पुगेको छ ।

शनिबार मृत्यु भएका वीरगन्ज–१३ का ५३ वर्षीय रहेको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ । पर्साका पुरुषको सुरुमा भरतपुरमा उपचारक्रममा मृत्यु भएको थियो । त्यसको १२ दिन बित्न नपाउँदै बाराका दुई र बाँकी सबै पर्साका संक्रमितको निधन भएको छ ।

पहिलेजस्तो संक्रमितमा रुघाखोकी लाग्ने, ज्वरो आउने लक्षण नभएर अहिले सिधैं फोक्सोमै कडाखाले निमोनिया हुने गरेको लक्षण देखिएको छ । यस्तो लक्षण देखिएकाको उपचारमा कठिन भइरहेको छ । नारयाणी अस्पतालमा ४० संक्रमित भर्ना भएका छन् । तीमध्ये ८ जना गम्भीर छन् । ‘मानिस किन यति हेलचेक्र्याईँ गर्छन् रु बुझ्नै सकिएन,’ डा। दासले भने, ‘दोस्रो फेजको कोरोना पहिलेजस्तो सामान्य होइन ।’

सामान्य अवस्था भएका संक्रमितलाई भने अस्पताल भर्ना नगरी स्थानीय प्रशासन र पालिकाको समन्वयमा होम आइसोलेसनमा राखिएको पर्साका प्रमुख जिल्ला अधिकारी पीताम्बर घिमिरेले बताए । संक्रमित संख्या शनिबार थप भएका ९० जनासहित १ हजार नाघेको छ ।

सक्रिय संक्रमित मात्रै अहिले ५ सय ७७ रहेको जिल्ला प्रशासन कार्यालयको कोभिडतर्फ तथ्यांक अपडेट गरिरहहेका प्रशासकीय अधिकृत विनय श्रीवास्तले जानकारी दिए । १५ दिनभित्र यति संख्या भेटिनु र मृतक संख्या अनपेक्षित बढ्नुले सामान्य नभएको उनको तर्क छ । राजधानी दैनिकमा छ ।