१७ फाल्गुन २०८१, शनिबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

हालसम्म २३ हजार १३७ जना बालबालिकामा कोरोना सङ्क्रमण पुष्टि, ४० जनाको मृत्यु



अ+ अ-

काठमाडौं । नेपालमा दोस्रो चरणको कोरोना प्रवेश गरेसँगै बालबालिका कोरोना भाइरस (कोभिड–१९)को उच्च जोखिममा रहेका छन् । बालबालिकालाई घरमै सुरक्षित राखेर कोरोनाबाट जोगाउनुपर्ने चिकित्सकको सुझाव छ ।

देशका कतिपय विद्यालयमा समेत कोरोना सङ्क्रमित हुने बालबालिकाको सङ्ख्या धेरै रहेको छ । बागलुङ, धादिङ, काठमाडौँ, भक्तपुर, ललितपुर, काभ्रेलगायतका जिल्लामा बालबालिका कोरोनाको उच्च जोखिममा छन् । शुक्रबार धादिङको नेत्रावती गाउँपालिका–४ मा १६ जनालाई परीक्षण गर्दा १४ जनामा कोरोना पुष्टि भएको थियो भने १४ जनामध्ये १० जना विद्यार्थी रहेको बताइएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार वैशाख १० गते १८ वर्षमुनिका २२६ जना बालबालिका सङ्क्रमित भएका छन् । यस्तै वैशाख ९ मा १९६, वैशाख ८ मा २४९, वैशाख ७ गते १६७, वैशाख ६ मा ९१, वैशाख ५ मा १००, वैशाख ४ मा ८२, वैशाख ३ मा ७०, वैशाख २ मा ४५, वैशाख १ गते ६४ जना बालबालिकामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार गत वर्षदेखि हालसम्म २३ हजार १३७ जना बालबालिकामा कोरोना सङ्क्रमण पुष्टि भइसकेको छ ।

सहप्रवक्ता डा. अधिकारीले १८ वर्षमुनिका ४० जना बालबालिकाको मृत्यु भइसकेको जानकारी दिए। पछिल्लो केही दिनयता बालबालिकामा कोरोना सङ्क्रमण दर उच्च रहेको छ । गत महिना चैत २८ मा ३३७ जनामा कोरोना सङ्क्रमण पुष्टि हुँदा ५२ जना १८ वर्षमुनिका थिए । यस्तै चैत २७ मा २८८ जनामा कोरोना सङ्क्रमण देखिएकोमा ३४ जना बालबालिका थिए । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा. अधिकारीका अनुसार कोरोनाको दोस्रो लहरसँगै धेरैजसो बालबालिका सङ्क्रमित हुन पुगेका छन् । गोरखापत्र दैनिकमा समाचार छ ।