१७ फाल्गुन २०८१, शनिबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

अंकगणितमा अल्झियो काँग्रेस



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री केपी ओलीको विकल्प खोज्‍ने संस्थागत निर्णय गरेको कांग्रेस अझै पनि पर्ख र हेरको रणनीतिमा छ। कांग्रेस सभापति शेरबहादुर देउवाले आइतबार अपरान्ह बोलाएको पदाधिकारी बैठकले वैकल्पिक सरकार निर्माणका लागि अझै परिस्थिति अनुकुल र परिपक्क भइनसकेको निश्कर्ष निकालेको छ।

बैठकपछि उपसभापति विमलेन्द्र निधिले नयाँ सरकार निर्माणको प्रयासलाई जारी राखे  पनि संसद्को अंकगणित अझै पर्याप्त नभइसकेको बताए। आइतबारको बैठकमा नेताहरूले वैकल्पिक निर्माणका लागि प्रयास जारी राख्‍ने तर अंकगणित सुनिश्चित नहुँदासम्म हतारमा मुभ गर्न नहुनेमा जोड दिएका थिए।

देउवा निवास बूढानीलकण्ठ बस्ने बैठकमा पार्टीको १४ औँ महाधिवेशनको तयारी, कोरोना संक्रमण र रोकथाम, राजनीतिक घटनाक्रमका  सम्बन्धमा छलफल भएको थियो। सोमबार केन्द्रीय सदस्यहरूको कोरोना परीक्षण गरेर मंगलबार मात्रै  केन्द्रीय कार्यसमितिको बैठक बस्‍ने भएको छ।

कांग्रेसले पार्टीको १४औँ महाधिवेशन आगामी भदौ ७ देखि १० गतेसम्म काठमाडौँ गर्ने तालिका निर्धारण गरेको छ । महाधिवेशनका लागि पार्टीको गाउँ/नगर वडा अधिवेशन आगामी असार २० गते, गाउँ/नगरपालिका अधिवेशन असार २२ गते, प्रदेशसभा क्षेत्रीय अधिवेशन असार २५ गते निर्धारण गरिएको छ। अन्नपूर्ण पोस्टमा छ ।