काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन शाहका सचिवालय सदस्य भूपदेव शाहले कुनै पनि ऐन र कानूनमा व्यवस्था नभएको विषयमा सहमति र सम्झौता गर्न नमिल्ने बताएका छन् ।
सामाजिक अभियन्ता ईः लाई सम्बोधन गर्दै सामाजिक सञ्जालमा मागहरु कानूनी, सामाजिक र प्राविधिक दृष्टिकोणले न्यायसंगत नभएको उल्लेख गरेका छन् ।
उनले कुनै पनि सरकारले आफ्नो मातहतमा नरहेको, आफ्नो पूर्ण क्षेत्राधिकारभित्र नपर्ने ऐन वा कानूनमा व्यवस्थान भएको विषयमा सहमति गर्न नसक्ने स्पष्ट गरेका हुन् ।
शाहले भनेका छन्, “वार्तामा हामीले आफ्नो सीमितताहरु पटकपटक दोहोर्याएका छौँ । मेरो विनम्र अनुरोध छ मित्र ई, आफ्नो स्वास्थ्यको ख्याल गरेर आन्दोलन फिर्ता लिइदिन। तिम्रो स्वास्थ्यका लागि म जिम्मेवारीबाट पछि हट्न पनि तयार छु।”