२१ फाल्गुन २०८१, बुधबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

साता कारोबारको पहिलो दिनमा नेप्से १९.४२ अंकले घट्यो



अ+ अ-

काठमाडौँ । साताको पहिलो कारोबार दिन नेप्से परिसूचकमा गिरावट आएको छ ।

अघिल्लो सातामा लगातार ३ दिनको कारोबारमा बढीरहेको नेप्से साताको पहिलो दिन आईतवार गिरावट आएको हो । आईतवार नेप्से परिसूचक १९.४२ अंक घटेर २०१०.३५ बिन्दुमा झरेको छ । त्यस्तै, सेन्सेटिभ इण्डेक्स ३.१० अंकले घटेको छ भने फ्लोट इण्डेक्स १.१८ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.८८ अंकले गिरावट आएर कारोबार बन्द भएको छ ।

आईतवार कारोबारमा आएका २८५ कम्पनीको ९० लाख ३ हजार कित्ता शेयर २ अर्ब ३२ करोड ६८ लाख ९५ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको छ । नेप्सेसँगै आज कारोबार रकम पनि घटेको छ । बिहीवार नेप्सेको ३ अर्बभन्दा बढीको शेयर खरिदबिक्री भएको थियो ।

आईतवार नेप्सेका १३ उपसमूहमध्ये १२ उपसमूहको परिसूचक घटेको छ भने १ उपसमूहको परिसूचक बढेको छ । जसमा लघुवित्त उपसमूहको परिसूचक ०.९९ प्रतिशत बढेको छ भने बैंक, वित्त, होटल तथा पर्यटन, विकास बंैक, लगानी, जीवन बीमा,निर्जीवन बीमा र व्यापार उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ ।

आईतवार नेप्से घटेपनि ३ कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । जसमा स्वरोजगार लघुवित्त, हिमालयन लघुवित्त र एशियन हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । तर शुभम् पावरको शेयर भने नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । आज माछापुच्छ्रे बैंकको १३ करोड २४ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ ।