१७ फाल्गुन २०८१, शनिबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

संक्रमितका लागि अत्यावश्यक अक्सिजन सिलिन्डर अभाव



अ+ अ-

काठमाडौं । गम्भीर प्रकृतिका कोरोना संक्रमितका लागि अत्यावश्यक मानिएको अक्सिजन आवश्यकताअनुसार भए पनि बजारमा सिलिन्डर अभाव खड्किन थालेको छ । मन्त्रालय सहप्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार सिलिन्डर ल्याउन कूटनीतिक प्रयास जारी रहेको छ । ‘नेपालमा सिलिन्डर बन्दैन, यदि सिलिन्डर किनेर घरमा राखियो भने भर्ने भाडा बजारमा नभेटिन सक्छ,’ उनले भने, ‘मार्केटमा भएका सिलिन्डर बाहिर देश पनि पठाउनुभएन ।’

सरकारले अक्सिजन अभाव नहुने तर सिलिन्डर अभाव हुनसक्ने आँकलन गर्दै विदेशबाट ल्याउन कूटनीतिक पहल भइरहेको स्पष्ट पारेको हो । स्वास्थ्य मन्त्रालयका अनुसार देशभरका ३० अस्पतालमा अक्सिजन प्लान्ट रहेको छ । जसबाट दैनिक २ हजार ५ सय ४९ सिलिन्डरमा अक्सिजन भर्न सक्ने क्षमताका छन् । निजी क्षेत्रले प्रतिदिन ७ देखि ८ हजार सिलिन्डर अक्सिजन उत्पादन गर्दै आएका छन् । केही अस्पतालमा लिक्विड अक्सिजन टयांक छन् । देशभरका स्वास्थ्य संस्थामा ६ देखि ७ हजार सिलिन्डर छन् ।

सरकारी तथा निजी अस्पतालले बजेट सुनिश्चितता भए पनि समयमा हाइडिपेन्डेन्सी युनिट (एचडीयू) तयारी अवस्थामा नराखेको देखिएको छ । मन्त्रालयले युनिट छिटो सञ्चालनका लागि द्रुत गतिमा काम गर्न भन्दै सबै अस्पताललाई निर्देशन दिए पनि कार्यान्वयनमा आउन सकेको छैन । राजधानी दैनिकमा छ ।