१७ बैशाख २०८२, बुधबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

क्यान निर्वाचन: चतुरबहादुरसँग अध्यक्षमा भिड्दै बर्दियाका विनय राजभण्डारी



अ+ अ-

काठमाडौं । बर्दिया जिल्ला क्रिकेट संघका अध्यक्ष विनयराज भण्डारीले नेपाल क्रिकेट संघ(क्यान)को अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका छन् । भण्डारीले वर्तमान अध्यक्ष चतुरबहादुर चन्दकोविरुद्धमा चुनाव लड्ने घोषणा गरेका हुन् ।

वर्तमान अध्यक्ष चन्द पुन: अध्यक्षमा दोहरीने कुरा भईरहदा भण्डारीले चन्दको कार्यशैली मन नपरेका कारण आफूले उम्मेदवारी दिन लागेको बताएका छन् । उनले आफूलाई २४/२५ जान साथीहरुको साथ रहेको बताएका छन् ।

वर्तमान लुम्बिनी प्रादेशिक क्रिकेट संघको उपाध्क्ष समेत रहेका भण्डारी बर्दियामा सदस्य, सचिव हुँदै पछिल्लो दुई कार्यकाल अध्यक्षको रुपमा छन् । उनी २० वर्षदेखि नेपाल क्रिकेट संघमा आवद्ध छन् ।

आइसिसी विश्वकप लिग २ मा गत फागुनमा भएको त्रिकोणात्मक ओडिआई सिरिजमा उनले राष्ट्रिय क्रिकेट टोलीका म्यानेजरका रुपमा पनि काम गरेका थिए ।

क्यानको नयाँ नेतृत्व छनोट गर्न आजबाट केन्द्रीय अधिवेशन सुरु भएको छ । आज उद्घाटन र बन्दसत्र हुनेछ भने भोलि नेतृत्वका लागि मतदान हुने कार्यक्रम छ । क्यानको १७ सदस्यीय कार्यसमितिका लागि ८६ जनाले मतदान गर्नेछन् ।