१७ बैशाख २०८२, बुधबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

यू–१९ साफ च्याम्पियनसिपमा भारतको सुखद् सुरुवात



अ+ अ-

काठमाडौं । काठमाडौँमा आजबाट सुरु भएको साफ यू–१९ च्याम्पियनसिपमा भारतले विजयी सुरुवात गरेको छ । दशरथ रंगशालामा भएको उद्घाटन खेलमा बंगलादेशलाई ३-० गोलको अन्तरले पराजित गर्दै भारतले सुखद् सुरुवात गरेको हो ।

भारतको जितमा गुग्मसार गोयारी, नाओबा पंगमबम र अर्जुन सिंह ओइनामले समान एक एक गोल गरेका हुन् । गुग्मसार गोयारीले पहिलो मिनेट मै गोल गरेर टीमलाई अग्रता दिलाएका थिए । यस्तै, पहिलो हाफको अन्तिम समयमा नाओबा पंगमबमले गोल गर्दै भारतलाई २-० ले अग्रतामा राखे । खेलको ९० औं मिनेटमा कप्तान इशान शिशोदियाको पासमा अर्जुन सिंह ओइनामले तेस्रो गोल गरे ।

यो जितसँगै भारतले समूह बी मा तीन अंक जोड्न सफल भएको छ । समूह बी मा भारत, बंगलादेश र भुटान रहेका छन् ।

आजै हुने प्रतियोगिताको दोस्रो खेलमा घरेलु टोली नेपालले पाकिस्तानको सामना गर्दै छ। खेल साँझ ५:३० बजेबाट सुरु हुनेछ । नेपालको कप्तानी गोलकिपर जियारथ शेखले गर्नेछन् ।

समुह ए मा रहेको नेपाल समूहमा शीर्ष स्थान ओगट्दै सेमिफाइनलमा बलियो दाबेदारी प्रश्तुत गर्न चाहन्छ । समूह ‘ए’ मा नेपालसहित पाकिस्तान र माल्दिभ्स छन् । दुवै समूहबाट शीर्ष दुई टोली सेमिफाइनल प्रवेश गर्नेछन् ।