१७ फाल्गुन २०८१, शनिबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

वीरगन्जको अवस्था झन भयवाह बन्दै, एकैदिन ५ को मृत्यु



अ+ अ-

वीरगन्ज । कोरोना महामारीको हटस्पट बन्दै गएको वीरगन्जको अवस्था झन भयवाह बन्दै गएको छ । पर्सा जिल्लाको सदरमुकाम वीरगन्जमा कोरोना संक्रमण दरसँगै मृत्यु दर पनि दिनहुँ बढ्दै गएको छ । 

वीरगन्जमा बुधबार मात्रै कोरोनाले ५ जनाको मृत्यु भएको छ । वीरगन्जस्थित नारायणी अस्पतालमा उपचाररत ५ जना संक्रमितको मृत्यु भएको हो । वीरगन्जमा ३ दिन (सोमबार देखि बुधबार) सम्म १२ जनाको मृत्यु भएको छ । बुधबार ५ जना , मङगलवार ४ जना र सोमबार ३ जनाको मृत्यु भएको हो । कोरोनाको दोश्रो लहर सुरु भएयता चैत ३० देखि वैशाख १५ सम्म कोरोनाले २३ जनाको मृत्यु भएको छ ।

वीरगन्जको नारायणी अस्पतालमा १९ जनाको , नारायणी बयोधा अस्पतालमा ३ जनाको र गण्डक अस्पतालमा १ जनाको मृत्यु भएको हो । मृतक २३ जनामध्ये पर्साका १५ जना , बाराका ५ , सर्लाहीका २ जना र रौतहटका १ जना हुन् ।

नारायणी अस्पतालमा बुधबार अपरान्ह वीरगन्ज महानगरपालिका वडा नम्बर ७ रामटोलका ४५ वर्षिय पुरुष, बिहान पौने १२ बजे रौतहटको दुर्गाभगवती गाँउपालिकाको रजवाडाकी ५० वर्षिया महिला, बुधबार बिहान १० बजे वीरगन्ज महानगरपालिका वडा नंबर २७ की ६० वर्षीया महिलाको मृत्यु भएको हो ।

नारायणी अस्पतालमै बुधबार बिहान पौने २ बजे सर्लाहीको धनकौल गाँउपालिका ४ का ४३ वर्षिय पुरुष र बुधबार बिहान सवा १२ बजे बाराको सुवर्ण गाउँपालिका– ७ की ३० वर्षीया महिलाको पनि उपचारका क्रममा मृत्यु भएको अस्पतालका कोभिड कोर्डिनेटर डाक्टर सरोज रोशन दासले जानकारी दिए । अन्नपूर्ण पोस्टमा छ ।