१७ बैशाख २०८२, बुधबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

यु–१९ साफ च्याम्पियनसिप आजदेखि, नेपालले पाकिस्तानसँग खेल्दै



अ+ अ-

काठमाडौं । पाँचौं संस्करणको साफ यू–१९ च्याम्पियनसिप आजदेखि काठमाडौंमा सुरु हुँदैछ । घरेलु टोली नेपालले आज पाकिस्तानसँग खेल्दैछ । दशरथ रंगशालामा हुनलागेको नेपाल र पाकिस्तानबीचको खेल नेपाली समय अनुसार बेलुका ५:३० बजेबाट सुरु हुनेछ ।

यू–१९ च्याम्पियनसिपको पाँचौ संस्करणसम्म आइपुग्दा नेपाल र भारतले समान दुई पटक उपाधि जितेका छन् । अरु कुनै साफ राष्ट्रले अहिलेसम्म उपाधि हात पार्ने सकेको छैनन् । नेपालबाटै शुरु भएको यो उमेरसमूहको च्याम्पियनसिमा नेपालले तेस्रो पटक आयोजना गर्न लागेको हो ।

२०१५ मा काठमाडौंमा सम्पन्न पहिलो संस्करणमा विमल घर्तिमगरको कप्तानीमा नेपालले उपाधि जितेको थियो । त्यसको दुई वर्षपछि भुटानको थिम्पुमा नेपालले दोस्रो उपाधि जित्यो । यद्यपि, त्यो यु–१८ साफ च्याम्पियनसिप हो । नेपाल यसपाली पनि घरेलु भूमिमा उपाधि उचाल्न चाहन्छ।

यस्तै, प्रतियोगिताको उद्घाटन खेलमा भने भारत र बंगलादेश भिड्दै छन् । भारत र बंगलादेशबीचको खेल दशरथ रंगशाला मै दिउँसो १:३० बजेबाट सुरु हुने छ।

समूह ‘ए’ मा नेपाल, पाकिस्तान र माल्दिभ्स छन् । समूह ‘बी’ मा भारत, भूटान र बंगलादेश छन् । दुवै समूहबाट शीर्ष दुई टोली सेमिफाइनल प्रवेश गर्नेछन् । नेपालको कप्तानी गोलकिपर जियारथ शेखले गर्नेछन् । नेपालको पहिलो लक्ष्य समूहमा शीर्ष स्थान ओगट्दै सेमिफाइनलमा बलियो दाबेदारी प्रश्तुत गर्ने हुनेछ ।

२३ सदस्यीय नेपाली टोली:
गोलकिपर – जियारत शेख, रविन बोगटी, अमित तामाङ
डिफेन्डर – सेमन्ता थापा, विशाल नेपाली, विक्रम तामाङ, आयुष तिम्सिना, आश्विन घोरासाइने, दीपक थापा मगर, निशाङ पाराङडेन (लिम्बु), गौरव महर्जन
मिडफिल्डर – कुशल देउला, लक्षु थापा, प्रशान्त लक्षम, अभिनाश स्याङ्तान, अनिल भोम्जन, धनसिंह बिके, हरिशराज भट्ट, नेल्सन तामाङ
फरवार्ड – समिर तामाङ, निराजन धामी, सुजन डंगोल, सिद्धार्थ अधिकार
प्रशिक्षक– सुनिल श्रेष्ठ