१७ फाल्गुन २०८१, शनिबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

थप अक्सिजन सिलिन्डर ल्याउन ‘एयर लिफ्ट’ गर्नुपर्ने सुझाव



अ+ अ-

काठमाडौं । कोरोना  सङ्क्रमणको दोस्रो लहर तीव्र गतिमा फैलिरहँदा यतिबेला सङ्क्रमितका लागि अक्सिजनको प्रयोग भने असामान्य रूपमा बढेको छ । सामान्य दिनमा एउटा अस्पतालबाट दैनिक औसत डेढ दर्जन अक्सिजन सिलिन्डरको माग हुने गरेकोमा अहिले दुई सयवटासम्म सिलिन्डरको माग आउन थालेको अक्सिजन उत्पादकहरू बताउँछन् ।

यस्तो परिस्थितिमा नेपालमा उपलब्ध प्रायः सबै सिलिन्डर प्रयोगमा आइसकेकाले थप  सिलिन्डर ल्याउन एयर लिफ्ट’  गर्नुपर्ने उत्पादकहरूको भनाइ छ । अक्सिजन उत्पादनमा नेपाल आत्मनिर्भर रहे पनि  त्यसलाई भर्न आवश्यक  सिलिन्डर भने अब अभाव  हुन थालेको अक्सिजन ग्यास उत्पादक सङ्घका महासचिव नारायणदत्त तिमिल्सिनाले बताए ।

अक्सिजनभन्दा पनि सिलिन्डरको अभावले भविष्यमा मागअनुसारको आपूर्तिमा  समस्या पर्ने भएकाले  यसमा  सरकारले सहजीकरण गरिदिनुपर्ने उनको भनाइ छ । गोरखापत्र दैनिकमा छ ।