१७ फाल्गुन २०८१, शनिबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

खाद्यान्नको निःशुल्क होम डेलिभरी गर्दै खाद्य कम्पनी



अ+ अ-

काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले काठमाडौं उपत्यकाभित्र खाद्य सामग्रीको निःशुल्क होम डेलिभरी शुरू गरेको छ । कोरोना संक्रमण नियन्त्रणका लागि लगाइएको निषेधाज्ञाको समयमा उपभोक्तालाई पर्ने असुविधालाई ध्यानमा राख्दै कम्पनीले उपत्यकाभित्र खाद्यान्नको निःशुल्क होम डेलिभरी सेवा सुचारु गरेको हो ।

बिहीवार विज्ञप्ति जारी गर्दै कम्पनीले कर्णालीको सिमी, जुम्ली मार्सी चामल, घीउ, खानेतेल, स्यानिटाइजर लगायत वस्तुको निःशुल्क डेलिभरी शुरू गरिएको जानकारी दिएको छ । त्यसका लागि कम्पनीले आफ्नो अनलाइन पोर्टल डब्ल्यूडब्ल्यूडब्ल्यू डट नेपालफूड डट जीओभी डट एनपी मार्फत चक्रपथ भित्र र डब्ल्यूडब्ल्यूडब्ल्यू डट सस्टोडिल डट कम मार्फत उपत्यकाका तीनवटै जिल्लाका उपभोक्ताको घरदैलोसम्म खाद्य सामग्री पुर्‍याउन थालिएको बताएको छ । 

कम्पनीसँग पर्याप्त मात्रामा मौज्दात रहेकाले अभाव हुने त्रासले अनावश्यक रूपमा खाद्यान्न सञ्चय नगर्न उपभोक्तालाई आग्रह गरिएको छ । कम्पनीले बिहान र बेलुकाको समयमा कम्पनीका विक्री केन्द्रहरू नक्खु, रामशाहपथ, थापाथली र सूर्यविनायकबाट समेत खाद्य सामग्री विक्री गरिरहेको छ । आर्थिक अभियान दैनिकमा छ ।