२४ चैत्र २०८१, सोमबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

एसिया कपमा दर्शकको अभावः १० प्रतिशत सिट मात्रै भरियो



अ+ अ-

एजेन्सी । एसिया कप २०२३को फाइनल आज आइतबार हुँदैछ । श्रीलंका र भारतले उपाधिका लागि प्रतिस्पर्धा गर्दैछन् । श्रीलंका क्रिकेट बोर्ड प्रेमदासा रंगशालामा दर्शकको भीड खचाखच हुनेमा आशावादी छ ।

श्रीलंकामा भएका धेरैजसो खेलमा धेरै कम फ्यानहरू उपस्थित भएका छन् । श्रीलंकाका एक खेलकुद पत्रकारले स्टेडियममा फ्यान कम आउनुको कारण टिकटको मूल्य बढेको बताएका छन् ।

उनका अनुसार श्रीलंकामा सामान्यतया सस्तो टिकट ६५ रुपैयाँमा पाइन्छ तर पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी)ले श्रीलंकामा टिकटको मूल्य बढाएको थियो । सुपर–४ खेलको सस्तो टिकट पनि १५४५ रुपैयाँमा उपलब्ध थियो । जसका कारण निकै कम दर्शकले खेल हेर्न पाएका थिए ।

पूरै प्रतियोगितामा १० प्रतिशत मात्र सिट भरिएको उनी बताउँछन् । यसैबीच, पीसीबीले फाइनलको टिकटको मूल्य घटाएको छ । रंगशालाको क्षमता ३५ हजार रहेकोमा श्रीलंकाको खेल हेर्न ४–५ हजार मात्रै फ्यान आएको बताइन्छ ।

सेप्टेम्बरमा कोलम्बो र पल्लेकेलेमा अन्तर्राष्ट्रिय म्याच आयोजना गरेकोमा स्थानीय तथा विदेशी सञ्चार माध्यमबाट निकै आलोचना भएको थियो । यस अवधिमा अधिकांश खेल वर्षाका कारण पूरा नहुने आशंका व्यक्त गरिएको थियो । तर सुपर–४ का सबै ६ खेल सम्पन्न भए, जसको धेरै श्रेय कोलम्बोको आर प्रेमदासा स्टेडियमका ग्राउन्ड स्टाफलाई जान्छ ।

आइतबार श्रीलंकाले १३ औं पटक र भारतले ११ औं पटक एसिया कपको फाइनल खेल्दैछन् । एकदिवसीय ढाँचामा जारी १५ औं एसिया कपको आठौं पटक फाइनलमा भारत र श्रीलंका आमनेसामने हुँदैछन् । तर, फाइनलमा श्रीलंकाविरुद्ध भारतीय टोली बढी सफल भएको छ ।

प्रतियोगिताको फाइनलमा दुवै टोली अन्तिम पटक २०१० मा आमने सामने भएका थिए । उक्त खेलमा भारत विजयी भएको थियो । यी दुवै टोली १३ वर्षपछि एसिया कपको फाइनलमा एकअर्कासँग भिड्दैछन् ।