२० बैशाख २०८२, शनिबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

कार्यस्थलमै चिकित्सकमाथिको आक्रमण निन्दनीय– विवेकशील साझा पार्टी



फाईल फोटो
अ+ अ-

काठमाडौँ । विवेकशील साझा पार्टीले कार्यस्थलमै चिकित्सकमाथिको आक्रमण निन्दनीय भन्दै चिकित्सकको सुरक्षाको ग्यारेण्टी र दोषीमाथि कारबाही गर्न सरकारसँग माग गरेको छ ।

गत बुधबार हेटौँडास्थित एक अस्पतालमा डा विकास थापा र प्रशान्त बिडारीमाथि अस्पताल हातामै कुटपिट भएको घटनाप्रति विवेकशील साझा पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ भन्दै वार्तामार्फत तत्काल समस्याको समाधान गर्न आन्दोलनरत चिकित्सकहरु र नेपाल सरकारसँग अपील गरेको छ ।

पार्टी प्रवक्ता आशुतोष प्रधानले एक विज्ञप्ति जारी गर्दै मानवीय सेवा क्षेत्र मानिने अस्पताल भित्रै अहोरात्र खटिने चिकित्सकहरुमाथि पटक पटक आक्रमण हुनु र यसको शिलशीला निरन्तर बढोत्तरी हुनु बिडम्बना र चिन्ताको विषय भएको जनाएको छ ।

“निरन्तर हुने यस्ता घटना परिघटनाले रात दिन खटेर काम गर्ने चिकित्सकहरुको मनोवल कमजोर हुने फलस्वरुपस् विरामीहरुले प्रभावकारी उपचार पाउन कठिन हुने एवं दक्ष जनशक्ति विदेशीन वाध्य पार्न आगोमा घ्यु थपेझैँ भएको विवेकशील साझाको ठम्याइ रहेको छ” विज्ञप्तिमा भनिएको छ ।

यसैवीच मकवानपुर चिकित्सक कुटपिट प्रकरण विरुद्ध आकस्मिक बाहेकका सबै स्वास्थ्य सेवा बन्द गर्ने चिकित्सकहरुको आन्दोलनप्रति पनि पार्टीको गम्भीर ध्यानाकर्षण भएको भन्दै विज्ञप्तिमा स्वास्थ्य क्षेत्र जस्तो अति संवेदनशील सेवा बन्द गरेर चिकित्सकहरुनै आन्दोलनमा उत्रिँदा सर्वसाधारणको उपचार पाउने हक वञ्चित हुने र जनस्वास्थ्यमा गम्भिर असर पर्नेप्रति चिन्ता व्यक्त गरिएको छ ।