१७ फाल्गुन २०८१, शनिबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

तरकारी बजारमा कोरोना सर्ने जोखिम बढ्यो



अ+ अ-

काठमाडौं । कोभिड–१९  को महामारीका  कारण  उपत्यकाका  थोक  तरकारी तथा  फलफुल  बजारहरु  जोखिममा  परेका  छन् । खाद्यान्न तथा तरकारी पसलहरू दिनमा दुई पटक खोल्न  दिइने  भएपछि  तरकारी  तथा  फलफूल बजारहरूमा  बिहान  र  बेलुका  एक्कासि  भीड बढ्दा त्यहाँ कोरोना सर्ने जोखिम बढेको छ । खाद्यान्न  तथा  तरकारी  पसल  बिहान  ६ः०० देखि  १०ः००  बजेसम्म  र  साँझ  ५ः००  देखि ७ः००  बजेसम्म  खुला  हुन्छन् ।  

खुद्रा  पसलका लागि  तरकारी  तथा  फलफूल  खरिद  गर्न  थोक बजार  कालीमाटी,  बल्खु,  बानेश्वर,  तीनकुने, बागबजार  टुकुचालगायतका  ठाउँमा  जाने  गरेका छन्  त्यसले  गर्दा  बिहान  त्यहाँ  अत्यधिक  भीड हुने  गरेको  छ ।

थोक  बजार  पनि  अघि पछिभन्दा सीमित  समयसम्म  खुल्ने  भएकाले  उपभोक्ताको भीड  अत्यधिक  हुने  गरेको  छ । नेपाल  फलफूल तथा  तरकारी  व्यवसायी  महासङ्घका  अध्यक्ष खोमप्रसाद  घिमिरेले  तरकारी  बजारमा  अत्यधिक भीडका  कारण  जोखिम  बढेको  बताए । सरकारले   तोकेको   मापदण्डअनुसार   बजार सञ्चालन  गरे  पनि  कतिपय  व्यापारीले  त्यो मापदण्ड  पालन  नगरेका  कारण  जोखिम  झनै बढेको उनले बताए ।  गोरखापत्र दैनिकमा छ ।