१७ फाल्गुन २०८१, शनिबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

संकटका बेला अत्यावश्यक वस्तुको भाउ लाग्यो उकालो



अ+ अ-

काठमाडौं । कोरोनाको दोस्रो लहरसँगै कोभिड संक्रमितको संख्या दिनहुँ बढ्दो छ । संक्रमण नियन्त्रण गर्न सरकारले उपत्यकामा निषेधाज्ञा जारी गरेपछि अत्यावश्यक वस्तुको भाउ उकालो लागेको छ । निषेधाज्ञा कहिलेसम्म लम्बिने हो, यकिन नभएकाले सर्वसाधारणले खाद्यान्न मौज्दातसमेत गर्न थालेका छन् । दुई–तीन दिनयता खाद्यान्नको मागसँगै मूल्य पनि बढिरहेको खुद्रा व्यापार संघका अध्यक्ष राजकुमार श्रेष्ठले बताए ।

‘सर्वसाधारणले मौज्दात राख्ने गरी किनिरहेका छन्,’ उनले भने, ‘त्यसको फाइदा उठाउँदै ठूला व्यवसायी ९होलसेल र उत्पादक० ले चलखेल गरे । सबैको मिलेमतोमा मूल्य बढाइयो ।’ खाने तेल, चना, गेडागुडी र चिनीको होलसेल मूल्य बढेको हो । होलसेलमा मूल्य बढेपछि खुद्रा व्यवसायीले पनि सोहीअनुसार मूल्यवृद्धि गरिरहेका छन् । निषेधाज्ञाको मौका छोपी भइरहेको मूल्यवृद्धिका विषयमा संघले वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई जानकारी गराइसकेको छ ।

‘मूल्यवृद्धिबारे सम्बन्धित निकायमा जानकारी गराएका छौं । मुख्यतः होलसेलले बिलबीजक नै जारी गरेनन् । सानो टुक्रा कागजमा बिल दिने गरेका छन् । सरकारी निकायले अनुगमन गर्दा यसबाट साना व्यवसायी नै फस्छन्,’ अध्यक्ष श्रेष्ठले भने, ‘बिल पाएको भए मूल्यसूची राख्न हुन्थ्यो । साना व्यापारीलाई समस्या भयो, त्यसैले स्रोतमै अनुगमन गर्न आग्रह गरिरहेका छौं ।’ जब जब नेपालमा संकटको अवस्था आउँछ, व्यवसायीले सबैभन्दा पहिले मूल्यवृद्धि गर्ने गरेको सरोकारवाला बताउँछ  । कान्तिपुर दैनिकमा छ ।