
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान ज्ञानेन्द्र मल्लबीच भेटवार्ता भएको छ ।
पार्टी कार्यालयमा भएको भेटमा पूर्वकप्तान मल्लले आफ्नो खेल जीवनको अनुभव सुनाउनुका साथै नेपाली क्रिकेटको स्तरोन्नति तथा खेलाडीहरूको मनोवृद्धि लगायतका विषयमा छलफल गर्नुभएको रास्वपाले जनाएको छ ।
सो अवसरमा पार्टीका महामन्त्री डा मुकुल ढकाल र केन्द्रीय सदस्य श्री प्रतिभा रावलको पनि सहभागिता रहेको थियो ।