१९ माघ २०८१, शनिबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

वलिउड नायीका मनिषा कोइरालासंगै ‘श्रीगणेश मन्त्रोच्चारण’मा बेबिलोनका पञ्चकन्या



अ+ अ-

काठमाण्डौ । वलिउडकी चर्चित नायीका मनिषा कोइरालासंग बेबिलोन नेशनल स्कुल शान्तिनगरका ८ कक्षाका पाँचजना छात्रा ‘पञ्चकन्या’ को रुपमा एउटा म्युजिक भिडियोमा देखा पर्दैछन् ।

अभिनेत्री कोइराला सहितका सातजना भारतीय गायक गायीकाले गाएको तथा मनिषा कोइराला समेत अभिनित भजन ‘श्रीगणेश मन्त्रोच्चारण’को म्युजिक भिडियोको छायाँकन सोमबार ललितपुर मंगलबजारस्थित पाटन दरवार स्क्वायरमा गरिएको थियो ।

श्रीगणेश मन्त्रोच्चारणमा मनिषा कोइरालाको साथै भारतीय चर्चित गायीका अनुराधा पोड्वाल, सुदेश भोषले, साधना सरगमको साथै नेपालको चर्चित संगीत समूह ‘सुरसुधा’ का सुरेन्द्र श्रेष्ठ र सरस्वती खत्रीको स्वर रहेको छ ।

निर्देशक सुब्रतराज आचार्यद्वारा निर्देशित म्युजिक भिडियोको छायाँकनमा बेबिलोन स्कुलका छात्राहरु नोरिन बस्नेत, सायरा आचार्य, श्री खरेल, सुरभि पौडेल र सौम्या भट्टराईले पञ्चकन्याको रुपमा अभिनय गरेको बेबिलोन स्कुलकी विद्यालय अभिभावक संयोजक कमला केसीले बताउनुभयो ।